युवा संगठनद्वारा गिरफ्तार नेता,कार्यकर्ता तत्काल रिहा नगरे ठुलाे मुल्य चुकाउनु पर्ने चेतावनी

२०७६ कार्तिक १ गते, शुक्रबार

काठमाडौँ, १ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले आफ्नो संगठनका केन्द्रीय समितिका अध्यक्ष पाटन जंगली लगायतका नेता,कार्यकर्ताहरु गिरफ्तार गरीएको घटनाको घोर निन्दा एवम भत्सर्ना गरेको छ । संगठनका उपाध्यक्ष दिनेश र महासचिव सागरले प्रेश विज्ञप्ती जारी गरी गिरफ्तार गरिएका आफ्नो संगठनका अध्यक्ष सहित सवै नेता,कार्यकर्ताहरुलाई यथाशिघ्र रिहा गर्न पनि माग गरेका छन ।
उपाध्यक्ष दिनेश र महासचिव सागरले जारी गरेको विज्ञप्तीमा दाङको राजपुर गाउँपालिका वार्ड न. ४ मा नेपाल कम्युनिष्ट पार्टी राप्ती व्युरोको वैठक वसिरहेको बेला नालायक कथित कम्युनिष्ट नामक हत्यारो, फासिष्ट र जनविरोधी केपि, वादल कारखानाको गृह प्रशासनले राती करिव २ः०० वजे घर घेरा हालेको जनाइएको छ । घटनामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मध्य पश्चिम कमाण्ड इन्चार्ज क. विरजंग, केन्द्रिय सदस्य तथा राप्ती व्युरो इन्चार्ज क.सुवास, युवा संगठन नेपाल केन्द्रिय समितिका अध्यक्ष पाटन लगायत २१ जना जिम्मेवार नेता कार्यकर्ताहरुको दलाल सत्ताको हत्यारो गृह प्रशासनले गिरफ्तार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा नालायक केपि–प्रचण्डहरु विदेशीहरुको पैतला चाट्दै राष्ट्र र राष्ट्रियतालाई कुनै प्रवाह नगरी राष्ट्रघात र जनघात गरिरहेको उल्लेख गर्दै कथित कम्युनिष्ट सरकार आज विश्वका सामु भिखमाग्ने मगन्ते सरकारको रुपमा चिरपरिचित हुँदै गएको भनिएको छ ।
युवा संगठनले विज्ञप्तीमा भनेको छ आफ्नो कर्तुत र वेइमानि छिपाउन अहिले क्रान्तिकारी माथि गिरफ्तारी ,दमन, हत्या हिंसा, मच्चाउने र झुट्टा मुद्दा लगाई हिरासत तथा जेलमा यातना दिइने जस्ता अमानविय व्यवहार प्रर्दशन गरेको छ । विज्ञप्तीको अन्तमा हत्यारो, फाशिष्ट दलाल जनविरोधी कारखानाको नालायक केपि– प्रचण्डको सरकारले गिरफ्तार नेता कार्यकर्ता तत्काल रिहा नगरे त्यस वाट उत्पन्न हुने जुनसुकै खालको परिणामको जिम्मेवारी लिनु पर्ने चेवातनी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार