क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

२०७६ कार्तिक ४ गते, सोमबार

काठमाडौं , ४ कार्तिक । नेकपा क्रान्तिकारी माओवादीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएकाे छ ।यसअघिका सबै तहको निर्वाचनमा भाग लिएको वैद्य नेतृत्वको (नेकपा) क्रान्तिकारी माओवादीले उप-निर्वाचन बहिस्कार गर्ने भएको हो । पार्टीले आज राजधानी काठमाडौंका पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको छ । सम्मेलनमा नेकपा क्रन्तिकारी माओवादीका नेता सीपी गजुरेलले आफ्नो पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चासँग मिलेर उपनिर्वाचन बहिस्कार गर्ने यायेजना बनाएको जानकारी दिएका छन् ।
यसअघि भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा यी दुवैपार्टीले संगठन बनाएर भाग लिएका थिए । ‘निर्वाचनलाई पार्टीले रणनीति नभई कार्यनीति मानेकाले यो कार्यनितिले अहिलेको अवस्थामा चुनाव बहिस्कार गर्नुपर्ने भएको क्रान्तिकारी माओवादीले जनाएको छ । नेता गजुरेलले अहिलेको अवस्थामा पार्टीले बर्तमान सरकार र स‌‌विधानकै विकल्प खोजेको समेत जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]