नेकपाका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनी गिरफ्तार

२०७६ कार्तिक ५ गते, मंगलवार


काठमाडौँ , ५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेको छ । मङ्गलबार बिहान सादा पोसाकका प्रहरीले लोहनीलाई चितवन स्थितडेराबाटै गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले दिएको छ ।
स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि लोहनी लामो समयदेखि घरमै आराम गरिरहेका थिए । उनी उपचारमा थिए । उनको स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको थियो । उक्त कुरा नेकपाले सोमबार जारी विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]