कात्तिक १३ गते सार्वजनिक विदा

२०७६ कार्तिक ७ गते, बिहीबार

काठमाडौँ , ७ कार्तिक । सरकारले कात्तिक १३ गते सार्वजनिक विदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]