‘विश्व क्रान्ति अवश्यमभावी’

२०७६ कार्तिक ८ गते, शुक्रबार

काठमाडौँ, ८ कार्तिक । अन्तर्राष्ट्रिय लेखक/ पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले विश्व क्रान्ति अवश्यमभावी भएको बताएका छन । अक्टुबर समाजवादी क्रान्तिको १०२ आंैं वर्ष गाँठको अवसरमा केसीले एक प्रेस बिज्ञप्ती जारी गर्दै ‘ महान् रुसी अक्टुवर समाजवादी क्रान्ति अमर रहोस्’ भन्दै सो कुरा बताएका हुन् । बिज्ञप्तीमा उनले आजको साम्राज्यवादी र विश्व सर्वहारा वर्ग विच जुनभीषण वर्ग संघर्ष, चलिरहेको र विश्व क्रान्ति अवश्यमभावी बताएका छन ।
अध्यक्ष केसीले बिज्ञप्तीमा भनेका छन – “महान् रुसी अक्टुवर समाजवादी क्रान्ति एक युगक्रान्तिकारी परिघटना थियो । सन् १९१७ अक्टुबर २५ (रुसी नयाँ पात्राअनुसार १९१७ नोभेम्बर ७) मा रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो । यो क्रान्तिले विश्वमै पहिलो पटक पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाको पहिलो राजनीतिक घटना हुन पुगेकाले यस क्रान्तिलाई महान् तथा युगान्तकारी समाजवादी क्रान्तिको नाम दिइएको हो । यस क्रान्तिले सर्वहारावर्गलाई पुँजीवादको चिहान खन्ने वर्गको रुपमा स्थापित गरेको पहिलो राजनीतिक घटना भएकोले यस क्रान्तिलाई विश्व मानव समाजमा एक ऐतिहासिक र युगान्तकारी घटनाका रुपमा लिइन्छ । किनभने यस क्रान्तिले नयाँ युगको सूत्रपात गरेको थियो र विश्वमै पहिलो पटक सर्वहारावर्गको अघिनायकत्व स्थापना गरेको थियो । त्यसैले महान अक्टुबर समाजवादी क्रान्ति विश्वसर्वहारा श्रमजीवी वर्गको निम्ति गौरवको परिघटना बन्न पुग्यो ।
महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको सफलताले विश्व सर्वहारा वर्ग र उत्पीडित राष्ट्रहरुका लागि एक प्रेरणाको श्रोत बन्यो । त्यस पछि पूर्वी युरोपका २० औं देशहरुमा रुसी मोडेलको समाजवाद स्थापना हुन पुग्यो । त्यसपछि विश्वको विभिन्न मुलुकहरुमा एक पछि अर्को गर्दै कम्युनिष्ट पार्टीहरु स्थापना हुन पुगे । सन् १९४५ मा उत्तर कोरिया र भियतनाममा जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न भए भने चीनमा क. माओको नेतृत्वमा सन् १९४९ मा महान् नयाँ जनवादी क्रान्ति सभ्यतमा हुन पुग्यो । त्यस पछि कम्बोडिया, क्यूवा लगायत विश्वका धेरै देशहरुमा क्रान्ति सम्पन्न हुन पुगे र विश्व जनसंख्याको एक तिहाई जनताले कम्युस्टिहरुको शासन मुनी गोल बन्द हुने अवसर प्राप्त गरे ।
तर रुस, चीन लगायतका मुलुकहरुमा प्रति क्रान्ति भएर पुँजीवादको स्थापना भएको र पेरुमा नयाँ जनवादी क्रान्तिले सेट ब्याक खानु र नेपाली नयाँ जनवादी क्रान्तिमा नेतृत्वबाटै प्रति क्रान्तिका श्रृंखलाहरु अगाडि बढाइएको वर्तमान अवस्थामा विश्व समाजवादी शिविर रक्षात्मक स्थितिमा पुगेको भए आज नेपाल, भारत, फिलिपिन्स, टर्कीलगायतका देशहरूमा क्रान्तिलाई अगाडि बढाइरहेका छन् । ती देशका क्रान्तिकारीहरूले तापनि आजको साम्राज्यवादी र विश्व सर्वहारा वर्ग विच जुनभीषण वर्ग संघर्ष, चलिरहेको छ । र विश्व क्रान्ति अवश्यमभावी छ । हाम्रो विश्वभर घटिरहेका क्रान्तिकारी लेखक÷पत्रकारहरुको प्रतिनिधि मुलुक संगठन International Writers/ Journalists Centre आज महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको १०२ आंैं वर्ष गाँठको अवसरमा विश्वक्रान्तिप्रति ऐक्यवद्धता जाहेर गर्दै महान् रुसी अक्टुबर क्रान्तिलाई सम्मान व्यक्त गर्दछौँ ।”

प्रतिक्रियाहरु

[anycomment]