छठ पर्व सुरु

२०७६ कार्तिक १४ गते, बिहीबार

काठमाडौं, १४ कात्तिक । कार्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म तराई तथा मिथिला क्षेत्रमा निकै महत्व र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ । विहीबारदेखि सुरु भएको छठ पर्वको चहलपहलले तराईवासीमा ठूलो उमंग भित्रिएको छ । सत्य र अहिंसाको बाटोमा डोर्‍याउँदै सम्पूर्ण चराचर जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यो पर्वको मुख्य उद्देश्य मानिन्छ ।पारिवारिक सुख, शान्ति, तथा मनोकांक्षा पूरा होस् भन्ने कामनाका साथ मनाइने छठलाई निकै श्रद्धा र विश्वासका साथ मनाउने गरेका छन् ।
कात्र्तिक महिना शुक्लपक्ष चौठ तिथिबाट प्रारम्भ भई सप्तमीको दिन समापन गरिन्छ । सोहीअनुसार यो वर्ष बिहीबारदेखि सुरु भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]