नेकपाको सचिवालय बैठक विना निश्षर्क टुंगियो
काठमाडौं, १६ कात्तिक । नेकपा सचिवालयको बैठक विनानिश्कर्ष टुंगिएको छ । आगामी मंसिर १४ गते हुने उपचुनावका लागि उम्मेदवारहरुको टुंगो लगाउन बसेको बैठक विनानिश्कर्ष टुंगिएको हो । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका साथै तीनवटा प्रदेशसभा सदस्यहरु र धरानका मेयरको उम्मेदवारी टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो । करिब तीन घण्टासम्म चलेको बैठकमा उम्मेदवारहरुबारे छलफल सुरु भएको र आइतबारको बैठकले अन्तिम निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
पार्टीले कास्की क्षेत्र नम्बर २ मा स्व. रबीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने चर्चा चले पनि यसको अन्तिम टुंगो आइतबारको बैठकबाट मात्र लाग्ने भएको छ । बैठकमा भक्तपुर, दाङ र बाग्लुङमा प्रदेशसभा सदस्यका उम्मेदवारका विषयमा पनि छलफल भएको थियो ।
वैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य स्थितिको बारेमा जानकारी गराउनु भएको पनि बताइएको छ । ओलीले आफ्नो मृगौलाले काम नगरेको र अस्पतालमा दुई पटक डायलासिस गराउनु परेको जानकारी वैठकलाई गराएका थिए ।