झुलाघाट नाका बन्द

२०७६ मंसिर ६ गते, शुक्रबार

काठमाडौं, ६ मंसिर । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ९ गतेसम्म बन्द हुने भएको छ । यही मंसिर ८ गते भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । यस अवधिमा आकस्मिक रुपमा नाका खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]