इम्यानियल कन्स्ट्रक्सनमाथि कारवाही

२०७६ मंसिर ६ गते, शुक्रबार

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले इम्यानियल कन्स्ट्रक्सनमाथि कारवाही गरेको छ । सो पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी सागरले शुक्रबार विज्ञप्ति जारी गर्दै छत्र बम्जनद्वारा सञ्चालित कन्स्ट्रक्सनले गुण्डागर्दी गर्ने, स्थानीय जनतालाई दुःख दिने र गुणस्तरहीन जस्ता काम गर्दै गैरकानुनी ढंगबाट सञ्चालन गरेको भन्दै चेतावनी स्वरुप उक्त कारवाही गरेको बताएका छन् ।
जिल्ला सेक्रेटरी सागरले विज्ञप्तिमा भनेका छन्, ‘छत्र बक्जनद्वारा सञ्चालित इम्यानियल कन्स्ट्रक्सनमाथि कारवाही भएको छ । गुण्डागर्दी गरेको, स्थानीय जनतालाई दुःख दिएको, गुणस्तरहीन काम गरेको आदि कारणले चेतावनी स्वरुप उक्त कन्स्ट्रक्सनमाथि कारवाही गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]