नेपाल कम्युनिस्ट पार्टी, पार्टी पुनर्गठन दिवस मनाउँदै : वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने ठोकुवा

काठमाडौं, ८ मंसिर । आज नेपाल कम्युनिस्ट पार्टीको छैठौँ पार्टी पुनर्गठन दिवस । तत्कालिन नेकपा (माओवादी) वैचारिक, राजनीतिक र साङ्गठनिक रूपले विसर्जन भएपछि २०६९ साल असारमा मोहन वैद्य ‘किरण’ को नेतृत्वमा पार्टी पुनर्गठन भएको थियो । उक्त पार्टीसमेत क्रान्तिको लागि बाधक बनेपछि २०७१ साल मङ्सिर ८ गते विप्लब र प्रकाण्डसहितले नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएपछि रोकिएको क्रान्तिले गति लिइरहेको छ । यसैबीच, नेकपाको आठौँ महाधिवेशनले ‘एकीकृत जनक्रान्ति’ कार्यदिशा पारित ग¥यो र सोही कार्यदिशाअनुसार उसले वैज्ञानिक समाजवादी क्रान्तिको काम अगाडि बढाइरहेको छ । नेपाल कम्युनिस्ट पार्टीले छैठौँ पार्टी पुनर्गठन दिवस भव्यताका साथ मनाउने बताएको छ । पार्टी पुनर्गठन दिवस पारेर सो पार्टीले पोस्टर र अपिल जारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टीद्वारा जारी उक्त अपिलमा भनिएको छ, ‘हाम्रा निम्ति यो सुखमय, पवित्र एवम् गौरवपूर्ण दिवस हो । यो सुखद् दिवस हामी तपाईंहरूसँग मिलेर खुसी, उमङ्ग र भव्यताका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन चाहन्छौँ ।’ पार्टीले यस वर्षको पार्टी पुनर्गठन दिवस विगतको भन्दा भिन्न परिस्थितिमा मनाउन लागिरहेको भन्दै सहिद, उनीहरूका परिवार, अस्थाका बन्दीहरू र घाइते कमरेडहरूको स्मरण गरेको छ । केपी वली सरकारले ने.क.पा.लाई फागुन २८ गते प्रतिबन्ध लगाएको पहिलो वर्ष पार्टीले आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।
नेकपाले राष्ट्रियताको पहरेदार शक्तिका रूपमा आपूmलाई उभ्याएको छ । हालै भारतीय साम्राज्यवादले सन् १८१६ मा इस्टइन्डिया कम्पनि सरकार र नेपालको बीचमा भएको सुगौली सन्धिको धज्जी उडाउँदै कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो राजनीतिक नक्साभित्र पारेर प्रकाशित गरेपछि पार्टी देशभक्तिको आन्दोलनमा होमिएको छ । उसले वैज्ञानिक समाजवादी क्रान्तिले मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरूको समाधान गर्नसक्ने दाबी दोहो¥याएको छ । ‘वैज्ञानिक समाजवाद मात्र सचेत एवम् श्रमिक जनताको नेतृत्व गर्ने व्यवस्था हो । हामी पार्टी पुनर्गठन दिवसको यो सुखद अवसरमा तपाईं सबैलाई अपिल गर्न चाहन्छौँ– आउनुहोस्, शोषणविहीन, जातिविहीन, धर्मविहीन, वर्गविहीन सुन्दर वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागि अगाडि बढौँ’, अपिलमा भनिएको छ ।
नेपालमा सैन्य अखडा कायम गर्ने अमेरिकी षड्यन्त्रको प्रतिरोध गरिरहेको ने.क.पा. र उक्त पार्टीमाथि अमेरिका, भारतजस्ता साम्राज्यवादी देशहरूले अनेक षड्यन्त्र गरिरहेको, देशभक्तिको आन्दोलन दबाउन षड्यन्त्र भइरहेको र वली नेतृत्वको सरकार त्यसको गोटी भइरहेको आरोप पनि नेकपाले लगाएको छ । साताव्यापी पार्टी पुनर्गठन दिवस मनाउन लागिरहेको उक्त पार्टीले आन्दोलनमय शैलीले दिवस सम्पन्न गर्ने पनि जनाएको छ ।
छैठौ पार्टी पुनर्गठन दिवसको अबसरमा नेपाल कम्युनिस्ट पार्टीले गरेको अपिल यसप्रकार रहेको छ– “मंसिर ८ हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको छैठौँ पुनर्गठन दिवस हो । हाम्रा निम्ति यो सुखमय, पवित्र एवं गौरवपूर्ण दिवस हो । यो सुखद् दिवस हामी तपाईंहरुसँग मिलेर खुसी, उमङ्ग र भव्यताका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन चाहन्छौँ । यो वर्षको पार्टी स्थापना दिवस विगतको भन्दा फरक जीवनमा उभिएर अर्थात् प्रतिबन्ध र प्रतिरोध, उत्साह र गम्भीरता, गौरव र पीडा, बलिदान र प्रतिबद्धतासहित मनाउँदैछौँ । पार्टीलाई सहिद, बेपत्ता, घाइतेको सपना र क्रान्ति पूरा गर्ने, श्रमिक जनताको सत्ता प्राप्त गर्ने पार्टी बनाउन पाएकोमा खुसी र उमिङ्गत छौँ भने कमरेड कुमार पौडेल, कमरेड महान्, कमरेड नीरकुमार राईसहित एक दर्जन कमरेड गुमाउनुका साथै कमरेड सुदर्शन, कमरेड वीरजङ्ग, कमरेड रणवीर, कमरेड माइला, कमरेड प्रज्वलन, कमरेड हितमान, कमरेड सुवास, कमरेड बन्धुसहित सयौँजना कमरेडहरु जेल र हिरासतमा हुँदाको पीडा पनि अनुभव गरिरहेका छौँ । महान् सहिदहरुलाई हार्दिक श्रद्धाञ्जल िसाथै बन्दी कमरेडहरुप्रति अभिनन्दन गर्न चाहन्छौँ ।
केपी सरकार बनेपछि उनी र उनको समूहको सानो जत्थाको उत्ताउलो आत्मप्रशंसाबाहेक कसैले पनि उन्नति, प्रगति, सुशासन र स्वाधीनताको अनुभूति गरेका छैनन् । देशको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक क्षेत्रहरु दिनप्रतिदिन बर्बाद हुँदै गएका छन् । राजनीतिकरुपले पार्टी खोल्ने, विचार राख्ने, सभा–सम्मेलन गर्न पाउने, विरोध र आलोचना गर्न पाउने अधिकार खोसिएको छ । राणा शासनलाई उछिन्दै जुलुसलाई समेत प्रतिबन्ध लगाइएको छ । आर्थिकरुपले जति नै सुख, समृद्धको हल्ला पिटे पनि युवा पलायन, बेरोजगारी, उत्पादना ह्रास, निर्यातमा घाटा बढ्दै गएको छ । भ्रष्टाचारमा त यो सरकारले उछिन्न कसैलाई बाँकी राखेन । सरकार बराबर काण्डहरु र भ्रष्टाचार बन्न पुगेका छन् । सामाजिक असुरक्षा, गुण्डागर्दी, बलात्कार, महिला हिंसा, जाँडरक्सी, जुवातास, महामारीका रुपमा फैलिएका छन् । केपीका मान्छहरु वेश्यालय खोलेर पैसा कमाउने निकृष्ट एवम् घटिया प्रस्ताव बोकेर हिँड्छन् । सांस्कृतिक रुपले छाडा, अश्लील, वेश्यावृत्ति, लागूपदार्थको व्यापार र प्रयोग विषालु हावाजस्तो फैलिएको छ । शिक्षा एवम् स्वास्थ्य क्षेत्रमा माफियागिरि असैह्य बनेर संघर्ष विस्फोट भइरहेको छ । भूमाफियाका कारण जमिन दलाल, पुँजीपतिहरुका हातमा पुगेको छ । देशको स्वाधीनतामा नयाँ–नयाँ चुनौतीहरु थपिँदै गएका छन् । भारतीय साम्राज्यवादको अतिक्रमण नेपाली भूमि कालापानी, लिपुलेकलाई भारतको नक्सामा गाभ्नेसम्म पुगेको छ । अमेरिकाले हिन्दप्रशान्त रणनीतिद्वारा नेपाललाई सैन्य अखडा बनाउने दाउ खोजिरहेको छ । युरोपियन युनियनले पुँजीवादी संघीयता र क्रिश्चियन धर्ममार्फत् नेपाली जनतालाई विभाजित गर्ने खेल खेलिरहेको छ । बिडम्बना ! केपी स्वाधीनताका पक्षमा उभिनुको सट्टा जनतालाई आँखा च्यातेर हेरेपछि समृद्धि देखिन्छ भन्दै अपमान गरिरहेका छन् ।
आदरणीय जनसमुदाय !
एक इमानदार, जनवादी, देशक्त क्रान्तिकारी पार्टीका लागि श्रमिक जनताको अधिकार र राष्ट्रको सवाधीनताबाहेक छुट्टै स्वार्थ केही हुँदैन । त्यसका तुलनामा जुनसुकै प्रकारका निरंकुश, तानाशाही, फासीवादी दमन सहायक विषय हुन् । भ्रष्टाचार, तस्करी, बलात्कार, राष्ट्रघात, जनघात, महँगीका विरुद्ध लड्दा नै केपी वलीको सामाजिक दलाल सरकारले हाम्रो पार्टीमाथि अन्यायपूर्ण, अराजनीतिक, बहुलठ्ठीपूर्ण प्रतिबन्ध लाद्न पुगेको छ । तर, तपाईंहरुको अगाध माया, विश्वास र सहयोगका कारण उसको प्रतिबन्ध औचित्यहीन बन्न पुगेको छ भने हामी कैयौँ क्षति बेहोरेर पनि एकीकृत जनक्रान्तिलाई सफलतातिर बढाउन सक्षम भएका छौँ । हाम्रो बलियो प्रतिबद्धता छ– विपद् झेल्न तयार छौँ तर जनता र देशलाई कुनै पनि धोका दिन चाहन्नौँ । इतिहासले सत्य सावित गरेको छ– दलाल पुँजीवादी, पुँजीवादी सत्ता श्रमिक जनताको अधिकार सुनिश्चित गर्ने व्यवस्था होइन । वैज्ञानिक समाजवाद मात्र सचेत एवं श्रमिक जनताको नेतृत्व गर्ने व्यवस्था हो । हामी पार्टी पुनर्गठन दिवसको यो सुखद अवसरमा तपाईं सबैलाई अपिल गर्न चाहन्छौ– आउनुहोस्, शोषणविहीन, जातिविहीन, धर्मविहीन, वर्गविहीन सुन्दर वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागि अगाडि बढौँ ! हाम्रो उत्कृष्ट अभिलाषा अवश्य पूरा हुनेछ ।”