पर्यटकको पर्खाइमा नागदह

२०७० आश्विन १६ गते, बुधबार

काठमाडौँ । ललितपुरको धापाखेलमा रहेको नागदह धार्मिक तथा ऐतिहासिक दुवै नजरबाट उत्तिकै महत्वपर्ूण्ा छ । तर, पनि प्रचारप्रसारको कमीले यसको महत्व धेरैले बुझेका छैनन् । त्यसो त काठमाडौं उपत्यका र ललितपुर आफैँमा पनि ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाले भरिएको जिल्ला हो । त्यति हुदाँहुँदै पनि नागदहको प्रचार र विकासमा भने अहिलेसम्म कसैको ध्यान गएको देखिँदैन । २०६३ सालदेखि व्यवसायीक रूपमा नागदह सञ्चालनमा आउन थाल्यो । तर २०६७ सालको वैशाख अन्तिम साता जन्ती गएका मानिसहरू डुंगा चट्न खोज्दा पल्टिएर चारजनाको ज्यान गएपछि नागदहप्रति आममानिसको धारणा नै परिवर्तन भयो । अहिले फेरि मुहार फेरेको छ नागदहले । ‘अहिले नागदहलाई व्यवसायीक रूपमा सञ्चालन गर्न समिति लागि परेको छ’ नागदह संरक्षण समितिका अध्यक्ष सलाम मोक्तानले भन्नुभयो, ‘नागदहको संरक्षण र विकासमा हामी सबै जुटेका छौँ । यसलाई राजधानी भित्रकै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’ नागहमा अहिले १० वटा डुंगा चलिरहेका छन् । प्लाष्टिकको चारवटा र काठको ६ वटा डुंगामा ५० रोपनीको नागदह फड्का लगाउन सकिन्छ । नागदहको अर्को विशेषता के छ भने यो दहको जुनसुकै ठाउँबाट हेरे पनि पुरै दह देख्न सकिँदैन । ‘अहिलेसम्म मानिसहरू डुंगा चढ्ने भन्ने वित्तीकै फेवाताल सम्झन्छन्,’ मोक्तान भन्छन् , ‘काठमाडौँ उपत्यकाभित्रै भएको दहको बारेमा कसैलाई चासो भएन ।’ अहिलेको व्यस्त समयमा मानिसहरू छोटो विश्राम चाहिरहेका हुन्छन् । त्यसका लागि उपयुक्त विकल्प बन्न सक्छ । ललितपुरको सातदोबाटोबाट चार किलोमिटर दक्षिणमा रहेको नागदहमा नागपञ्चमी र तिजमा मनाइने पञ्चमी पूजाको दिन विशेष मेला लाग्छ । सधैँ मन छुने चिसो बतास चल्ने नागदह तनावग्रस्त जिन्दगीमा शान्तिको सास फर्ेने गन्तव्य बन्न सक्छ । अहिले दहमा फाट्टफुट्ट विदेशी पर्यटक पनि देखिन थालेका छन् । यसलाई अझ व्यवस्थित गर्न सकिने हो भने पक्कै पनि यसको विकास हुने देखिन्छ । नागदहमा सबैलाई पुर्याउन यसको प्रचार प्रसारमा जोड दिनुपर्ने देखिन्छ । नागहमा पनि रेस्टुराँहरू तथा दहको वरिपरी घुम्ने ठाउँ छन् । तर अरु पार्क र यसमा एउटा फरक छ । अन्य पार्कहरूमा जो जतिखेर पनि जान सक्छ । तर यहाँ कलेज ड्रेस लगाएका विद्यार्थी जान पाउँदैनन् । किन यस्तो व्यवस्था गरियो त – समितिका अध्यक्ष मोक्तान भन्नुहुन्छ, ‘विद्यार्थीले यसलाई नै कलेज बनाइदेलान् भन्ने पो डर भो । अझ त्यसमाथि यो त गाउँ हो, यहाँ विकृती फैलिन दिनहुन्न भनेर यस्तो निर्ण्र गरियो ।’ नागदहको वर्ण्र्ासातौँ शताब्दीदेखि नै भएको स्थानीय बासिन्दाहरू बताउँछन् । तत्कालीन समयमा चिनियाँ नागरिक वानसाङ नेपाल आउँदा उनले यसको बारेमा इतिहासमै लेखेको धापाखेल गाविसका पूवअध्यक्ष दिनेश कार्कीले बताए । विभिन्न पुराणहरूमा पनि यसको वर्ण्र्ाागरिएको पाइन्छ । सन्तानेश्वर महादेवको काखमा रहेको नागदहको संरक्षण गर्न सके आन्तरिक तथा बाहृय पर्यटन विकास गर्न सकिने देखिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार