चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

२०७६ मंसिर ३० गते, सोमबार

काठमाडौं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । भट्टराईको गएराति १० बजेर २० मिनेटमा ओम हस्प्पिटलमा निधन भएको हो । उनको निधनको कारण खुलेको छैन । निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका धेरै चलचित्रले राम्रो व्यापार गरेका छन् । उनी करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनले थुप्रै चलचित्र तथा टेलिसिरियलमा अभिनय गर्नुका साथै निर्माणसमेत गरेका छन्। ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु उनका सफल चलचित्र मानिन्छन्। तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील थिए । भट्टराईको जन्म २०२५ मंसिर ४ मा ओखलढुंगामा भएको थियो।

प्रतिक्रियाहरु

[anycomment]