प्रहरीलाई सुराकी नगर्न चेतावनी

काठमाडाैँ, ३ पुष । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले सुराकी गर्न आएका प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्द र प्रहरी जवान डिल बहादुर डागीलाई नियन्त्रणमा लिएर छाडेको जनाएको छ । पार्टी कार्यक्रम स्थल जाजरकोटको नलगान नगरपालिका ५ सिर्केमा सुराकी गर्न अाएको भन्दै केही बेर नियन्त्रणमा लिएर छाडिएको जाजरकोटका सेक्रेटरी राजकुमार राईले एक विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
उनीहरूलाई अब अाईन्दा पार्टीको कार्यक्रम र नेता कार्यकर्ताको पिछा नगर्न चेतावनी दिदै स्थानीय जनताको सहभागीतामा छाडिएको राई द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अागामी दिनमा पार्टी,नेता र कार्यकर्तालाई सुराकी गरेमा ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिएको छ ।