छात्रालाई ठक्कर दिने गाडीमा आगजनी र तोडफोड

२०७६ पुष ७ गते, सोमबार

काठमाडौं, ७ पुष । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई आज बिहानै बा ५ ख ५९३० नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको छ । ठक्कर दिएर बस भागे पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । घटनापछि आक्रोशित विद्यार्थीहरूकाे भीडले ठक्कर दिने बसकाे सट्टा अन्य गाडी चाबहिलमा जलाइदिएका छन् । आक्रोशित भएका पशुपति क्याम्पसका विद्यार्थीहरुले चाबहिल क्षेत्रमा अवरोध र प्रदर्शन गरेका छन् । उनीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका हुन् । विद्यार्थीकाे भीडले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाइते पन्तको चाबहिलकै ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पन्त पशुपति क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत रहेको खुलेको छ । आक्रोशित भीडलाई नियन्त्रणमा लिन पशुपति क्याम्पस वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]