काठमाडौं उपत्यकाको तापक्रम ०.६ डिग्रीमा झर्यो
काठमाडौँ , १२ पुष । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम यो वर्षकै कम मापन गरिएको जानेको छ । महाशाखाले आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिएको छ । शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १.२ डिग्री थियो । यस्तै, गएको बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।