उखु किसानले तोकिएको मितिमा भुक्तानी पाएनन

२०७६ माघ ७ गते, मंगलवार

काठमाडाैँ, ७ माघ । सरकारले चिनी उद्योगलाई उखु किसानको बक्यौता भुक्तानी गर्न दिएको समयसीमा आज सकिँदैछ । तर किसानहरुले अझैसम्म पूरै भुक्तानी पाएका छैनन् । चिनी उद्योगीहरुले किसानहरुलाई क्रमिक रुपमा रकम दिइरहेको तर सबै रकम तोकिएकै मितिमा उपलब्ध गराउन नसक्ने सरकारलाई जानकारी गराएका छन् । पुसको पहिलो सातादेखि उखु किसानहरुले बक्यौता रकम पाउनु पर्ने माग गर्दै काठमाडौंमा चरणबद्ध आन्दोलन थालेका थिए ।
यसपछि पुष १८ गते सरकारले माघ ७ गतेभित्र उखु बिक्रीवापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराउने गरी उखु किसानँंग पाँच बुँदे सहमति गरेको थियो । तर मन्त्रालयले हिजोसम्म महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्णले ३ करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।
अब इन्दिरा र अन्नपूर्ण सुगर मिलले २१ करोड ३८ लाख तथा महालक्ष्मी सुगर मिलले १० करोड ९० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ । उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमुनि मैनालीले किसानको आन्दोलनपछि केही उद्योगीहरुले तालिका बनाएर बक्यौता रकम तिरिरहेको बताए । अन्नपूर्ण र इन्दिरा मिलले २१ करोडभन्दा बढी र श्रीराम मिलले २६ करोड वक्यौता तिर्न बांकी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ७५.८४ अंकले बढ्यो

२०८२ श्रावण २ गते, बिहीबार

नेप्से ३४.६१ अंकले बढ्यो

२०८२ श्रावण १ गते, बुधबार