आज सोनाम ल्होसार
काठमाडाैँ, १० माघ । आज सोनाम ल्होसार पर्व । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने यो पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बताइन्छ । टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरि सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ ।
यसैबीच बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारले सोनाम ल्होसारको विदा उपत्यकाका लागि भने दिएको छैन ।