अग्नि सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै रिट दायर
काठमाडाैँ, १० माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखका उम्मेदबार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन । त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गर्दै आज रिट दायर गरेका हुन्।
सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामा हत्या अभियोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। उक्त मुद्दाको पेसी माघ २२ गते तोकिएको छ। फौजदरी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उमेदवार रहेको भन्दै निर्वाचन प्रक्रिया रोक्ने आदेश समेत रिटमा माग गरिएको छ। सापकोटालाई सभामुखमा निर्वाचित नगर्न र तत्काल गिरफ्तार गर्न समेत रिटमा माग गरिएको छ।