१ करोड ६० लाख मूल्यकाे सुनसहित ६ जना पक्राउ

२०७६ माघ १४ गते, मंगलवार

काठमाडाैँ, १४ माघ । रसुवागढी नाकाबाट चीनको केरुङबाट अवैध रूपमा ल्याइएको साढे २ किलो सुनसहित ६ जना पक्राउ परेका छन् । लुकाएर काठमाडाैँ ल्याउन लागेकाे बेला प्रहरीले उनीहरुलाई सुनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका नवाङ नुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुप्पा लामा, सुवास तामाङ, साङा शेर्पा र चालक तुलनारायण श्रेष्ठ छन् । ना १ झ ३५४२ नम्बरको टाटासुमोमा लुकाएर लैजान लागेको सुनसहित उनीहरूलाई घट्टेखोलाबाट पक्राउ गरिएको हाे । बरामद भएको सुनको बजार मूल्य १ करोड ६० लाख पर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ७५.८४ अंकले बढ्यो

२०८२ श्रावण २ गते, बिहीबार

नेप्से ३४.६१ अंकले बढ्यो

२०८२ श्रावण १ गते, बुधबार