ने.क.पा.द्वारा गैरसरकारी संस्था,एनसेल र जनप्रतिनिधिको कार्यालय हटाउन चेतावनी

२०७६ माघ १५ गते, बुधबार

काठमाडाैँ , १५ माघ । नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले गैरसरकारी संस्थाका कार्यालय,एनसेल र जनप्रतिनिधिको कार्यालय हटाउन चेतावनी दिएको छ । जिल्ला एनसेल टावरमा भएको अाक्रमण को जिम्मा लिदै नेकपाले जनविरोधी काम गरेको भन्दै वित्तीय संस्था देखि जनप्रतिनिधिको कार्यालय सम्म व्यक्तिको घरमा राख्न नदिन सचेत गराएको छ । जिल्ला सेक्रेटरी मन्जित कामीले निकालेको विज्ञप्तिमा भनिएको छ,‘अाजैका दिनदेखि जनतामारा वित्तीय संस्था, एनसेल कार्यलय,एनजीअो अाईएनजीअो र जनप्रतिनिधिको कार्यालय व्यक्तिको घरमा नराख्न सुचित गरिन्छ, कसैले अटेरी गरे स्वयम् जिम्मेवार हुने छ।‘

प्रतिक्रियाहरु

[anycomment]