नेकपाद्वारा अराजक गतिविधि रोक्न चेतावनी

२०७६ माघ १६ गते, बिहीबार

काठमाडौं , १६ माघ । नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले कथित नागरिक मञ्च पार्टी निकट हो भन्दै चितवन जिल्लामा पार्टी र नेतृत्वकाविरुद्ध भ्रम सिर्जना गरी दलाल सरकार र सत्तालाई सहयोग पुग्ने अराजक र अनाधिकृत काम गरेको अमर गोपाली र पुरन राईलाई पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी निस्कासन गरेको छ । ब्युरो इन्चार्ज शितलले बुधबार प्रेस विज्ञप्ति निकाली अमर गोपाली र पुरन राईले पार्टीको नाममा भ्रम सिर्जना गरी अराजक गतिविधि गरेको पाइएमा पार्टीलाई सूचना गरी सहयोग गरिदिनहुन सम्पूर्ण उद्योगी, व्यापारी, व्यवसायी, शिक्षक कर्मचारी लगायत जनसमुदायमा अनुरोध गर्दै उनीहरुले उक्त गतिविधि जारी राखेमा पार्टी उचित कारवाही गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
व्युरो इन्चार्ज शितलले विज्ञप्तिमा भनेका छन्, ‘कथित राष्ट्रवादी सचेत नागरिक मञ्च नेपाल नामक संगठन गठन गरी चितवन जिल्लामा यसको नेतृत्वमा रहेका भनिएकाहरुबाट गरिएको गतिविधिप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । अनाधिकृत र अराजक गतिविधि गर्दै आएको नागरिक मञ्च र हाम्रो पार्टीबीच कुनै राजनीतिक सम्बन्ध छैन । यसको नेतृत्व गरिएको भनिएको अमर गोपालीले पार्टी नीति विपरीत गतिविधि गरेकोले हाम्रो पार्टीले २०७६ साउनमा जिल्ला सदस्यबाट निलम्बन गरेको थियो भने पुरन राई भन्नेले गत वैशाखमा प्रहरी हिरासतमा रहेको समयमा हाम्रो पार्टी परित्याग गरी दलाल सरकारसँग आत्मसमर्पण गरेकोले पार्टीले त्यतिवेलै साधारण सदस्य पनि नरहनेगरी निस्कासन गरिसकेको व्यहोरा सबैलाई अवगत नै छ ।’
इन्चार्ज शितलले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘हाल कथित नागरिक मञ्च हाम्रो पार्टी निकट हो भन्दै चितवन जिल्लामा पार्टी र नेतृत्वकाविरुद्ध भ्रम सिर्जना गरी दलाल सरकार र सत्तालाई सहयोग पुग्ने अराजक र अनाधिकृत काम गरेकोले अमर गोपालीलाई पार्टीको साधारण सदस्य पनि नरहनेगरी निस्कासन गरिएको छ ।’
व्युरो इन्चार्जले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘साथै हाम्रो पार्टीबाट साधारण सदस्य पनि नरहनेगरी निस्कासन गरिसकेका अमर गोपाली र पुरन राईले पार्टीको नाममा भ्रम सिर्जना गरी अराजक गतिविधि गरेको पाइएमा हाम्रो पार्टीलाई सूचना गरी सहयोग गरिदिनहुन जनसमुदायमा अनुरोध गर्दछौं । साथै उनीहरुले यस्तो गतिविधि जारी राखेमा हाम्रो पार्टी उचित कारवाही गर्न बाध्य हुनेछ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार