नमोबुद्ध नगरपालिकामा ब्रह्मलुट !

२०७६ माघ १८ गते, शनिबार

काठमाडौँ , १८ माघ । काभ्रे पलाञ्चोकको नमोबुद्ध नगरपालिका अन्तर्गत रहेको प्राकृति एवम् खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्कमा चरम लुट भइरहेको तथ्य फेला परेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) खण्ड घ (६) तथा प्रदेश नम्बर- ३ को आर्थिक ऐन, २०७५ को अनुसूची ५ बमोजिम नगरपालिकाबाट स्वीकृत दर-रेटअनुसार राजस्व संकलन गर्दै आएकोमा अनियमितता फेला परेको हो ।
नमोबुद्ध नगरपालिकाको छापसहित रहेको बिलमा तीन हजारको बिल काटेर एक हजार मात्र देखाउँदै आएको तथ्य फेला परेको छ ।
नगरपालिकाकै कर्मचारीको मिलेमतोमा करोडौ भ्रष्टाचार भईरहदा पनि स्थानीय तह मौन रहेको छ । तीन भागमध्ये दुई भाग स्रोत–साधनमा भ्रष्टाचार भइरहँदा पनि नगरपालिका मौन हुनुले शंका उब्जाएको छ । नमोबुद्ध नगरपालिकाले राखेको ‘ढाट’मा खटिएका कर्मचारीले सेवाग्राहीसँग तीन हजारको रसिद दिँदै नगरपालिकाको अर्धकट्टीमा भने १ हजार लेखेर राजस्व दाखिला गर्दै आइरहेका छन् । नगरपालिका कर्माचारीहरूले एउटा रसिदबाट सीधै दुई हजार रूपैयाँ झवाम पार्दै सेवाग्राही जनतामाथि छारो हाल्ने काम भइरहेको प्रस्ट देखिन्छ । आर्थिक वर्षको शुरू साउन १ गतेदेखि माघ १४ गतेसम्म राजस्वका झन्डै ८ हजार रसिद काटिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ७५.८४ अंकले बढ्यो

२०८२ श्रावण २ गते, बिहीबार

नेप्से ३४.६१ अंकले बढ्यो

२०८२ श्रावण १ गते, बुधबार