जनपत्रकार संगठनद्वारा आर्थिक गतिविधि गर्ने नीति नभएको स्पष्ट

काठमाडौँ , १९ माघ । जनपत्रकार संगठनले संगठनकाे नाममा कसैले पनि आर्थिक गतिविधि गर्ने नीति नरहेकाले त्यस्तो कही कतै भएमा त्यसलाई निरुत्साहित तुल्याउन आग्रह गरेको छ । जनपत्रकार संगठनका केन्द्रीय सचिव सिर्जना तिम्सिना र काेषाध्यक्ष जानकी चाैधरीले एक प्रेस विज्ञप्ति जारी गरि हालैका दिनमा संगठनको नाम जोडेर आर्थिक लेनदेन वा संकलनको विषयमा भएको टिप्पणीप्रति संगठनकाे ध्यानाकर्षण भएको जनाउँदै संगठनले कुनै पनि आर्थिक अभियान सञ्चालन नगरेको स्पष्ट पारेका छन ।
केन्द्रीय सचिव तिम्सिना र काेषाध्यक्ष चाैधरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लेखिएको छ -‘त्यस्तो अभियान चलेमा केन्द्रीय समितिको पत्रमार्फत आग्रह गरिने भएकाले अहिलेसम्मलाई संगठनका नाममा कसैले पनि आर्थिक गतिविधि गर्ने नीति नरहेकाले त्यस्तो काँही कतै भएमा त्यसलाई निरुत्साहित तुल्याउन आग्रह गरिन्छ ।’ जनपत्रकार संगठन नेपाल श्रमजीवी पत्रकारको हक हितका लागि निरन्तर संघर्ष गर्दै आएको संगठन हो भन्दै आगामी दिनमा पनि यसले आफ्नो संघर्ष पत्रकार हक हितका लागि जारी राख्ने प्रतिबद्धता विज्ञप्तिमा जनाइएकाे छ ।