‘एमसीसी’ अमेरिकी सैन्य अंग – हस्तबहादुर केसी
एमसीसी (Mcc) मिलिनियम च्यालेनज कर्पोरेसन, यो अमेरिकी राष्ट्रिय सुरक्षा अन्तर्गतको एक सैन्य अंग हो । तर एमसीसी नाटो जस्तो सैनिक संगठन चाहिँ होइन । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय सुरक्षा नीति अनुसार अमेरिकाले एमसीसी मार्फत् विश्वका विभिन्न मुलुकहरुमा आफ्ना अखडाहरु खडा गर्दै आएको छ । देखावटी रुपमा सुरुमा अमेरिकाले साना तथा पिछडिएका र गरिब मुलुकहरुलाई आर्थिक लोभ देखाएर ती देशहरूमा घुस्ने गर्दछ । अमेरिकाले एमसीसी सञ्चालनका लागि अलगै ठुलो विधान बनाएको छ र त्यसै बमोजिम जुन मुलुकमा पुग्दछ, त्यो देशको कानुन, संविधान बमोजिम आफ्नो योजनाहरु कार्यन्वयन गराउँछ ।
अफगानिस्तान, इराक, सिरिया लगायतका देशहरुमा अमेरिका पुगेको हो । ती देशहरू अमेरिकाले भने बमोजिम नचल्ने भएपछि अफगानिस्तान, इराक, सिरियालाई खरानी पार्ने तिरसम्म अमेरिकी साम्राज्यवाद लाग्यो । नेपालमा ल्याइएको एमसीसी प्रोजेक्ट Indo Pacific कै एक अंग हो । . Indo pacific चीनको ] BRI (Belt and Road initiative) को बिरुद्ध मा अमेरिकले ल्याएको सैन्य रणनीति हो ।
संयुक्त राज्य अमेरिकाले विश्वका करिब ५० राष्ट्रहरुमा आर्थिक प्रोलोभन देखाएर गरेको छ । सुरुमा अमेरिकाले आर्थिक प्रोलोभन देखाउने र पछि ती देशहरमा आफ्नो सैन्य नीति लागु गर्दै आएको छ । अमेरिकाको यो नीति बच्छा बच्छीहरुलाई मिठाइ चक्लेटको लोभ देखाएर सामान किन्न पठाए जस्तै हो । अहिले नेपालदाई करिब ५० करोड अमेरिकी डलरको देखाएर एमसीसी प्रोजेक्ट नेपालमा ल्याइएको छ । नेपालको केपी ओली नेतृत्वको दलाल सत्ताधारीहरुले राष्ट्रिय स्वाधीनता कुल्चिदै डलर प्रति ¥याल काड्दै दुई तिहाइ बहुमतले संसदबाट अनुमोदन गराउन न्वारानदेखिको बल लगाइरहेका छन् । आफ्नो देशमा ल्अिि लाई अरबौ कर असुली गर्न नसक्ने नाथे दलाल शासकहरुले त्यो ५० करोड डलरमाथि ¥याल चुहाइरहेका छन् । यो ज्यादै लजास्पद कुरा हो । दलालहरुको चरित्र कतिसम्म निच हुन्छ भन्ने कुरा पनि यसबाट प्रष्ट हुन्छ कि करिब ९५ प्रतिशत नेपाली जनताको बिरोध हुदाहुदै जबर्जस्त संसदबाट पारित गराउन गइरहेका छन् । दलालहरुले पैसा पाए भने जन्म दिने आमालाई पनि बेच्न सक्छन् भन्ने एउटा ताजा प्रमाण हो ।
अमेरिकाले नेपालमा किन एमसीसी प्रोजेक्ट ल्याउदै छ त ? यो ज्यादै महत्वको विषय । यो नितान्त राजनीतिक विषय पनि हो ।
अमेरिकले नेपालमा एमसीसी प्रोजेक्ट ल्याउनुक मुख्य उद्देश्य भारतको सहयोग लिएर नेपालमा आफ्नो सेना तैनाथ गरेर चीनलाई चौतर्फी घेराबन्दी गर्ने रहेको छ ।
त्यसैले अहिले एमसीसी प्रोजेक्ट मार्फत् अमेरिकाले नेपालको चितवन, पाल्पा र मुस्ताङमा सैनिक क्याम्प खडा गर्ने भएको छ । चितवन, पाल्पा, मुस्ताङ रोज्नुको अमेरिकको लागि तिब्बत प्रवेश गर्नका लागि यी तीनवटै स्थान ज्यादै सामरिक स्थान हुन । अमेरिका मुस्ताङ हुँदै तिब्बत परेर दलाई लामाका तिब्बती समर्थकहरुलाई साथ दिएर चीनमा खिचलो सुरु गर्ने योजना रहेको छ । यस विषयमा ओली नेतृत्वको नेपाली दलाल सरकार मञ्जुर भइसकेको छ । यो दलाल सरकार ५० करोड अमेरिकी डलरमा खरिदबिक्री भइसकेको छ ।
नेपालले त असंलग्न प्रराष्ट्र नीति अंगाल्दै आएको छ । सत्ता पक्ष र प्रतिपक्ष समेत सहमत भइसकेकाले यो राष्ट्र घाती एमसीसी प्रोजेक्ट दुई तिहाई मात्र होइन तीन तिहाई बहुमतले पारित हुने देखिन्छ । यदि यसरी यो पारित भयो भने महाकाली सन्धिमा भएको राष्ट्रघात भन्दा पनि ठूलो मात्रको स्केलमा राष्ट्रघात हुनेछ । त्यति मात्र होइन त्यसपछि नेपालको असंलग्न प्रराष्ट्र नीति पनि समाप्त हुनेछ । किनभने एमसीसी प्रोजेक्ट मार्फत् अमेरिकाले नेपाली दलाल शासकहरु द्वारा विजुलीको प्रशारण लाइन विस्तार गराउन लगाउने भएको छ । यसो गरियो भने चिनको द्यच्क्ष् योजना असफल हुनेछ । चीनको यही योजनालाई असफल बनाउन कै लागि अमेरिकाले एमसीसी प्रोजेक्ट नेपालमा लागु गराउदै छ ।
एमसीसी योजना लागु हुने बित्तिकै नेपालको एक चीन नीति समाप्त हुनेछ । अर्को कुरा के हो भने केपी ओली नेतृत्वको दलाल सरकारले अमेरिकी MCC project पारित गरायो भने नेपाल इराक जस्तै बन्नेछ, नेपाल अफगानिस्तान जस्तै बन्ने छ, नेपाल सिरिया जस्तै बन्ने छ सम्भावित तेस्रो विश्व युद्ध नेपालबाटै सुरु हुनेछ । किनभने अमेरिकाले आफ्ना दलालहरु MCC Project नेपालमा चीनलाई घेरा हाल्नका सैनिक अखडा खडा गर्ने भएको छ । चीन चुप्प लागेर बस्ने कुरा हुँदैन ।
अमेरिकाले एमसीसी प्रोजेक्ट कार्यान्वयन गराउनुको अर्को उद्देश्य नेपालमा क्रान्तिलाई रोक्न र बिथोल्नका लागि पनि हो किनभने नेपाल कम्युनिस्टहरूको उर्बरभूमि हो । महान नेपाली क्रान्ति निकट भविष्य मै सम्पन्न हुने संभावना छ । किनभने ऐतिहासिक झापा विद्रोहबाट आएको एउटा शक्ति र दश वर्षेे जनयुद्धबाट आएको अर्को शक्ति अमेरिकी साम्राज्यवादकै ग्राण्ड डिजाइनमा एक अर्कोमा विलय गराएर CIA को नयाँ योजना बमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) नामको कम्युनिस्ट नामधारी पार्टी बनाइदिएर प्रतिक्रान्तिकारीहरुद्वारा नेपालका क्रान्तिकारी कम्युनिस्टहरूमाथि भीषण चक्र चलाएर नेपाली क्रान्तिलाई समाप्त पारिदिने योजनाका साथ अमेरिकाले केपी ओली–प्रचण्ड नेतृत्वको फासीवादी सरकार चलाउन सहयोग गरिरहेको छ ।
यी कारणले गर्दा एमसीसी प्रोजेक्टलाई तुरुन्त खारेज गर्नु पर्दछ । जनताको यति ठूलो विरोध हँुदाहँुदै पनि यो दलाल सत्ताले राष्ट्रघाति एमसीसी प्रोजेक्ट संसद्बाट पारित गरियो भने नेपाली जनताले सभासद्हरुलाई गाउँ गाउँबाट, बस्ती बस्तीबाट, गल्ली गल्लीबाट, चोक चोकबाट लखट्नुको विकल्प छैन ।