‘रोम जलिरहयो निरो बासुरी बजाइरहे !’

२०७६ माघ २२ गते, बुधबार

काठमाडाैँ, २२ माघ । प्रधानमन्त्री ओलीले मंगलबार साँझ बालुवाटारमा आयोजना गरेको रात्रि भोजमा प्राय पूर्वएमालेका नेताहरु मात्रै उपस्थित थिए । ओलीले सरकारमा रहेका मन्त्री र (नेकपा)का सचिवालय सदस्यहरुका लागि रात्रिभोजको आयोजना गरेको बुझिएको छ । सोही भोजमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजना र संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले बासुरी र सारङ्गी बजाए । ओलीले बासुरी बजाउदा दायाँबायाँ पार्टीका वरिष्ठ नेताहरु माधबकुमार नेपाल र झलनाथ खनालले सारङ्गी बजाएर ओलीलाई साथ दिए ।
जब कार्यक्रममा सहभागी (नेकपा)का नेता कार्यकर्ताहरुले ओलीले बाँसुरी बजाइरहेको फोटो सामाजिक संजालमा पोष्ट गरे । कार्यक्रम नसकिँदै फोटो भइरल भयो । सामाजिक संजाल प्रयोगकर्ताहरुले रोम जल्दा निरोले बाँसुरी बजाइरहेको घटनासँग जोडेर प्रतिक्रिया जनाउन थाले । कतिपयले ‘देश जलिरहेको, ओली बाँसुरी बजाइरहेका छन्, जनता रोइरहेका छन्, कमरेडहरु बाँसुरी बजाइरहेका छन्…’ जस्ता स्टाटस लेख्दै फोटा पोष्ट गरिरहे ।
यसैबीच ,प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले ‘बालुवाटारमा सारङ्गी र बाँसुरीको सुमधुर धून !’ लेखेर फोटो पोष्ट गरेपछि यसले अझ व्यापकता पाएको हो । त्यसलगत्तै एक जना ट्युटरमा ‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ’ लेखे भने मणी लोहनीले सोही तस्वीर फेसबुकमा पोष्ट गर्दै ‘हरे शिव..मेरो देशको पछिल्लो तस्वीर’..रोमजलिरहेछ’ लेखेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]