युवा सङ्गठन कैलालीको दोस्रो सम्मेलन सम्पन्न

२०७६ माघ २६ गते, आईतवार

काठमाडाैँ, २६ माघ । युवा सङ्गठन नेपाल कैलालीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन सङ्गठनका केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरो संयोजक तथा सम्मेलनका प्रमुख अतिथि कमलले गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा उनले केपी वलीको नेतृत्वमा रहेको सामाजिक दलाल फासिवादी सरकारले ८० लाख युवाहरूलाई विदेशका गल्लीहरूमा निर्यात गरेर नेपालमा जनघात र राष्ट्रघातका नयाँनयाँ कीर्तिमानहरू कायम गर्ने दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादको राजनीतिक कार्यक्रमसहित अघि बढेको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध, दमन, धरपकड गरेर क्रान्तिको बाटोलाई रोक्ने दुस्साहस गरेको भन्दै लुटेराहरूको व्यवस्थालाई मिल्काउन युवाहरू प्रतिरोध सङ्घर्षमा उत्रिन अपिल गरे ।
सम्मेलनमा जिल्ला इन्चार्ज प्रशान्त र सेक्रेटरी करणको पनि उपस्थिति रहेको थियो । सम्मेलनले दीपकको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनको समापनपछि युवाहरूले महेन्द्र राजमार्गमा प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार