अश्लील एसएमएस पठाइरहदा ……

२०७० आश्विन २१ गते, सोमबार

काठमाडौं, २१ असोज । एनआरएनका नेता कपिलदेव थापा नेपालि काँग्रेसको नेतृ रिता खनाललाई बारम्बार अश्लील एसएमएस पठाएको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले थापाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अघि बढाएको छ ।डेढ वर्षयता अश्लील एसएमएस पठाएर दुःख दिएको भन्दै खनालले दिएको उजुरीका आधारमा थापालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले थापालाई १६ असोजमा अदालतबाट थुनामा राख्ने अनुमति लिइसकेको छ ।प्रहरी स्रोतका अनुसार दुबैजना काँग्रेस राजनीतिमा सक्रिय व्यक्ति हुन् । ट्रेड युनियन काँग्रेसको उपाध्यक्ष रहेकी खनालले काँग्रेसको केन्द्रीय सदस्यमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । त्यस्तै थापा काँग्रेसनिकट जनसम्पर्क समिति जापानका पूर्वअध्यक्ष हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु