जेलभित्रै कोणसभा !

२०७६ फाल्गुन ४ गते, आईतवार

काठमाडौं , ४ फागुन । भारतले नेपाली भूमि हस्तक्षेप गरेर महाकालीवारिको नेपाली भूमिमा सडक विस्तार गरेपछि बाजुरामा रहेका आस्थाका बन्दीहरूले जेलभित्रैबाट भारतीय हस्तक्षेप विरुद्ध नाराजुलुस गरेका छन् ।
आइतबार बिहान ७ बजे आस्थाका बन्दीहरूको नेतृत्वमा जेलभित्रका सबै बन्दी एक भएर भारतीय हस्तक्षेपका विरुद्ध नाराजुलुस गरेका हुन् । जेलभित्र रहेका ५१ जना बन्दीले भारतीय साम्राज्यवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद–एमसीसी मुर्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद, भारतद्वारा महाकालीवारि दार्चुलामा गरिरहेको सडक कटिङ बन्द गर, दलाल सरकार मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, महान् सहिदहरू अमर रहून्लगायत नारा लगाउदै भारतीय हस्तक्षेपको विरोध गरेका छन् ।
नाराजुलुसपछि जेलभित्रै आयोजित कोणसभालाई नेकपाका नेता आदर्शले सम्बोधन गरेका थिए । उनले वैदेशिक हस्तक्षेपका विरुद्ध सारा नेपालीहरू जुट्नुपर्ने बेला आएको बताए । नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा हस्तक्षेप गरिरहेको भारतले अहिले मकाकालीको दार्चुलावारि सडक खानिरहेको भन्दै आदर्शले देशका विभिन्न भागमा भारतीयद्वारा अतिक्रमण भैरहँदा दलाल केपी सरकार लाज पचाएर चुपचाप बसिरहेकाले आस्थाका बन्दीहरूले जेलभित्रबाटै राष्ट्रिय स्वाधीनताका आवाजहरू बुलन्द गर्नुपरेको बताएका थिए ।
महाकालीवारि दार्चुलामा केही दिनदेखि भारतले एकपक्षीय ढङ्गले सडक खनिरहेको छ । उक्त कार्यले हाम्रो राष्ट्रियतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै आदर्शले जेलभित्रै सरकारप्रति आक्रोश पोखेका थिए ।
नेपाली भूमिमा भारतीयहरूले सडक खनेपछि कारागारमा रहेका आस्थाका बन्दीहरूले गृह मन्त्रालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् । राष्ट्रियता रक्षाका लागि आस्थाका बन्दीहरूको आन्दोलनमा जेलभित्रका सबै बन्दीहरूले ऐक्यबद्धता जनाएका छन् । महाकालीवारि दार्चुलामा भारतीय हस्तक्षेपविरुद्ध बन्दीहरूले नाराजुलुस लगाएपछि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर लोकेन्द्रसिंह ठकुन्नाको टोलीले कारागारमा पुगेर उक्त विषयमा जानकारी दिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नयाँ दल दर्ता गर्ने समय सकिदै

२०८२ मंसिर १ गते, आईतवार

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार