व्यवसाय गर्न पाउने अधिकार कुन्ठित नगर
काठमाडाैं, ९ फागुन । अबध स्वायत्त प्रदेश, जिल्ला जनपरिषदले बुटवलस्थित रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका व्यवसायीक सटरहरु भग्नावशेष अवस्थामा राखिएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मानवीय स्वास्थ्यसँग सम्बन्धित रहेर औषधी लगायतका व्यवसाय गर्दै आएका अस्पतालका व्यवसायीक सटरहरु व्यवसायीहरुको उठिबास हुने ढंगले एकाएक भत्काईएपछि जनपरिषद रुपन्देहीमा आएका धेरै निवेदनहरुको अध्ययनपश्चात अस्पताल प्रशासनले एकोहोरो गुण्डागर्दी शैलीमा गरेको व्यवहारले समग्र व्यवसायीको व्यवसायी गर्न पाउने अधिकारमाथी समेत कुन्ठित भएको जनपरिषद ठोकुवा छ ।
यस बिषयमा अबध स्वायत्त प्रदेश, जिल्ला जनपरिषद रुपन्देहीका प्रमुख जिवनद्वारा जारी बिज्ञप्तीमा भनिएको छ- “पाँच वर्षको लागि सम्झौता गरेर आठ महिना नपुग्दै अस्पतालका सटरहरु भत्काएर करार सम्झौताको समेत पूर्ण परिपालन नगरेको, व्यवसायीहरुलाई त्रास देखाएर गुण्डागर्दी शैलीमा सटरहरु भत्काईएको, मानवीय जीवनसँग प्रत्यक्ष जोडिएको औषधीहरुको व्यवस्थापन नगरी डोजर चलाईएको, केही व्यवसायीहरुलाई झुट्टा मुद्दा लगाई फसाउन खोजिएको, सटरहरुलाई भग्नाबशेष बनाई समग्र व्यवसायीहरुलाई जबरजस्ती उठिबास गराईएको प्रति हाम्रो कडा आपत्ति छ ।”
जनपरिषदले अस्पतालको समग्र भौतिक विकास आवश्यक रहेपनि सम्झौताको उल्लघन गरी गुण्डागर्दी शैलीमा व्यवसायीहरुको विस्थापन गराएकोप्रति अस्पताल प्रशासनले माफी माग्दै तत्काल व्यवसायीहरुलाई उचित व्यवस्थापन गर्न अनुरोध समेत गरेको छ ।
जिवनद्वारा जारी बिज्ञप्तीमा अगाडी भनिएको छ – “बुटवलस्थित रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका व्यवसायीक सटरहरु भग्नावशेष अवस्थामा राखिएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । मानवीय स्वास्थ्यसँग सम्बन्धित रहेर औषधी लगायतका व्यवसाय गर्दै आएका अस्पतालका व्यवसायीक सटरहरु व्यवसायीहरुको उठिबास हुने ढंगले एकाएक भत्काईएपछि जनपरिषद रुपन्देहीमा आएका धेरै निवेदनहरुको अध्ययनपश्चात अस्पताल प्रशासनले एकोहोरो गुण्डागर्दी शैलीमा गरेको व्यवहारले समग्र व्यवसायीको व्यवसायी गर्न पाउने अधिकारमाथी समेत कुन्ठित भएको हाम्रो ठम्याई छ ।
यस आर्थिक बर्षको सुरुमै पाँच वर्षको लागि सम्झौता गरेर आठ महिना नपुग्दै अस्पतालका सटरहरु भत्काएर करार सम्झौताको समेत पूर्ण परिपालन नगरेको, व्यवसायीहरुलाई त्रास देखाएर गुण्डागर्दी शैलीमा सटरहरु भत्काईएको, मानवीय जीवनसँग प्रत्यक्ष जोडिएको औषधीहरुको व्यवस्थापन नगरी डोजर चलाईएको, केही व्यवसायीहरुलाई झुट्टा मुद्दा लगाई फसाउन खोजिएको, सटरहरुलाई भग्नाबशेष बनाई समग्र व्यवसायीहरुलाई जबरजस्ती उठिबास गराईएको प्रति हाम्रो कडा आपत्ति छ । अस्पतालको समग्र भौतिक विकास आवश्यक रहेको विषय जग्जाहेर नै छ तद्यापी विगतमा भएका सम्झौताको उल्लघन गरी गुण्डागर्दी शैलीमा व्यवसायीहरुको विस्थापन गराएकोप्रति अस्पताल प्रशासनले माफी माग्दै तत्काल व्यवसायीहरुलाई उचित व्यवस्थापन गर्न अनुरोध गर्दछौं ।”