अखिल क्रान्तिकारीका नेतामाथि प्रहरी दमन : कोषाध्यक्ष नरेन्द्रमाथि हिरासतभित्रै निर्घात कुटपिट, सर्वोच्चले रिहा गरेलगत्तै अध्यक्ष ढकाल पुनः पक्राउ
काठमाडौं, ११ फागुन । सरकारले नेपाल कम्युनिस्ट पार्टी र उसका भ्रातृ संगठनका नेता, कार्यकर्तामाथि धरपकड गर्ने, गिरफ्तार गर्ने र भूmठा मुद्दामा फसाउने कार्यलाई तीव्रता दिएको छ । सरकारकै निर्देशनमा जनयुद्ध दिवस मनाउन पुगेका नेकपाका सैयौँ कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरी चरम् यातना दिएको र भूmठा मुद्दामा फसाएर जेलमा कोच्ने गरेको पाइएको छ । सरकारको यही दमनकारी नीतिअन्तर्गत नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड पुत्र नरेन्द्र विकमाथि हिरासत भित्रै निर्घात कुटपिट भएको बुझिएको छ । प्रहरीले सोमबार दिउँसो १ः३० बजे मध्यबानेश्वरबाट गिरफ्तार गरी विकलाई अपराध महाशाखा, टेकु पु¥याएको थियो । नरेन्द्र विक नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष हुन् । अहिले देशमा दलाल, पुँजीपतिवर्गको सामाजिक दलाल मुखुण्डो धारण गरेको केपी ओली सरकार र ओली–प्रचण्डको सरकारी नेकपाले कम्युनिस्ट पार्टी र समाजवादको रक्षा कवजमा मुक्तिकामी नेपाली जनता र सार्वभौम राष्ट्रका विरुद्ध नेपालको राजनीतिक इतिहासमा निरङ्कुशतावादी र फासीवादीहरुलाई माथ गर्दै बेलगाम अपराध गरिराखेको भन्दै एकीकृत जनक्रान्तिमार्फत् संघर्ष अगाडि बढाइरहेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डका पुत्र नरेन्द्रमाथि राजनीतिक प्रतिशोधका कारण कुटपिट भएको बुझिएको छ । देशमा वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना र जनताको वास्तविक अर्थको राज्य व्यवस्था, वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलनमा अनवरत लागेका अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्रमाथि उनका पिता प्रकाण्डको बारेमा बिभिन्न प्रश्न सोद्धै कुटपिट गरिएको बुझिएको छ । अपराध महाशाखा, टेकुको हिरासतमा रहेका नरेन्द्रलाई भेटेर फर्किएका व्यक्तिका अनुसार नरेन्द्रको अनुहार र शरीरभरि निलडाम र चोटहरु रहेको छ र उनलाई अहिलेसम्म प्रहरी उपचारको लागि अस्पताल नलगिएको बुझिएको छ । उनले नरेन्द्रमाथि राजनीतिक प्रतिशोधका आधारमा निर्घात कुटपिट भएको बताउदै सम्पूर्ण पत्रकार, राष्ट्रिय मानब अधिकार आयोगलागायत सम्बद्ध सबै पक्षलाई घटनाको अबलोकन गरिदिन आह्वान समेत गरे ।
यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगमा नरेन्द्र बिकलाई यातना दिइएको भन्दै उजुरी परेको छ । टेकु हिरासतमा रहेका बिकमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्दै उनको मानवअधिकारको रक्षा गरिदिन माग गर्दै शुक्रवार परिवारले आयोगमा उजुरी दिएको हो । राजनीतिक आस्थाकै कारण गैरन्यायिक रुपमा बिकलाई गिरफ्तार गरी हिरासतमा राखिएको र उनीमाथि कुटपिट तथा यातना दिएको भन्दै परिवारले आयोगमा शुक्रवार निवेदन परेको आयोगले जनाएको छ । शुक्रवार सार्वजनिक बिदा भएकाले उक्त निवेदनउपर छिट्टै प्रक्रिया अघि बढाउने र घटनाबारे आयोगले सत्यतथ्य बुझ्ने जनाएको छ । बिद्यार्थी नेता नरेन्द्र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डका छोरा भएकाले पनि राजनीतिक प्रतिशोधका कारण यातना दिएको भन्दै परिवारले सम्पूर्ण पत्रकार, राष्ट्रिय मानबअधिकार आयोगलागायत सम्बद्ध सबै पक्षलाई घटनाको अबलोकन गरिदिन आह्वान समेत गरेको छ ।
यता, सर्वोच्च अदालतको आदेशमा रिहा भएका अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवि ढकाललाई प्रहरीले पुनः पक्राउ गरेको छ । बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सर्वोच्च अदालतले ढकाललाई रिहा गर्न आदेश दिएको थियोे । तर, रिहा भएलगत्तै प्रहरीले ढकाललाई पुनः अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो । अध्यक्ष ढकाललाई रिहा गर्न माग गर्दै फागुन ४ गते गोगना आचार्यले रिट दायर गरेकी थिइन् । सोही रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा भएको सुनुवाईपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र कुमार रेग्मीको संयुक्त इजलासले ढकाललाई रिहा गर्न आदेश दिएको हो । रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ता कान्तिराम ढुङ्गानालगायतले बहस गरेका थिए । ढकाललाई काठमाडौंको सुन्धाराबाट फागुन १ गते प्रहरीले गिरफ्तार गरेको थियो ।
यसैबीच, नेपाल बार एशोसिएशनले अधिवक्ता एवं अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाललाई तत्काल थुनामुक्त गर्न माग गरेको छ । बारका महासचिव लीलामणि पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा ललितपुर जिल्ला अदालत बार एकाइमा आबद्ध कानुन व्यवसायी तथा बारका केन्द्रीय कार्यकारिणी सदस्य र अखिल क्रान्तिकारीका अध्यक्ष ढकाललाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतबाट थुनामुक्त गर्न आदेश जारी गरेलगत्तै अदालत परिसरबाटै पुनः पक्राउ गरिएको हुनाले थुनामुक्त गर्न माग गरिएको उल्लेख छ । ‘कुनै पनि नागरिकलाई स्वेच्छाचारीरुपमा पक्राउ गरिनु र झुठा मुद्दा चलाइनु मुलुकमा कानुनको शासन नभएको सङ्केत हो’, प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संविधान कानुनअनुसार अदालतबाट थुनामुक्त गरिएको व्यक्तिलाई पुनः पटक–पटक पक्राउ र थुनामा राख्ने कार्य नेपालको संविधानविपरीत छ ।’ ढकाललाई प्रहरीले यही फागुन १ गते पक्राउ गरेको थियो । सर्वोच्च अदालतले यही फागुन ७ गते थुनामुक्त गर्न आदेश जारी गरेको थियो तर आदेश जारी गरेलगत्तै प्रहरीले पक्राउ गरी उहाँलाई थुनामा राखेको छ । बारले नागरिकको मौलिक तथा मानवअधिकार रक्षा गर्न र कानुनको शासन कायम राख्न सरकार र सम्बन्धित पक्ष सबैलाई आग्रह गरेको छ ।