चुनाव बहिष्कार शान्तिपूर्ण हुन्छ –किरण

इटहरी, २१ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले चुनाव बहिष्कारलाई शान्तिपूर्वक अघि बढाउने तयारी भइरहेको बताएका छन् । सुनसरीको इटहरीमा पार्टी केन्द्रीय कार्यसमितिले आयोजना गरेको पूर्वाञ्चलस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दे उनले चुनाव बहिष्कार शान्तिपूर्बक रुपमा हुने बताए । ठूलो हिस्सा राजनीतिक दललाई पाखा लगाएर गर्न लागिएको चुनावले विस्तृत शान्ति प्रक्रिया बिथोलिने उनले बिचार ब्यक्त गरे । बिदेशीको इशारामा हुन लागेको चुनावमा सहभागि नभइ उमेद्वारी फिर्ता लिन पनि उनले उमेद्वारहरुसँग आग्रह गरे ।