चिनियाँ टोली नेपाल आउँदै

२०७० आश्विन २२ गते, मंगलवार

काठमाडौ, २२ असोज । चिनियाँ नेसनल पिपुल्स काङ्ग्रेस स्थायी समिति उपाध्यक्ष यान जुङ क्वी नेतृत्वको टोली ४ दिने भ्रमणका लागि आज नेपाल आउँदैछ ।
क्वी नेतृत्वको टोली दिउँसो सवा तीन बजे आउने छ । चिनियाँ दूतावासले तत्कालीन प्रधानमन्त्री वेन जियावाओको भ्रमणपछिको उच्चस्तरीय भ्रमण हुन लागेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको छ ।
यानलाई नेपाल सरकारले औपचारिक निमन्त्रणामा भने नगरेको बुझिएको छ । संविधानसभा चुनावको समयमा आउन लागेको चिनियाँ टोलीले राष्ट्रपति रामवरण यादव, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, परराष्ट्र तथा गृहमन्त्री माधव प्रसाद घिमिरेसँग भेट्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यानको टोली उपत्यकाबाहिर लुम्बिनीलगायत केही ठाउँको भ्रम्णमा समेत जाने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]