दलाल संसदीय ब्यवस्थाको विकल्प र बास्कोटा प्रसङ्ग – संसारसेन पृथक
संसदीय राज्य ब्यवस्था भनेको राष्ट्रघात, जनघात, भ्रष्टाचार र नैतिक पतन नित्कृष्ठ अपराधि उत्पादन गर्ने कारखाना हो । – भियतनामी क्रान्तिका नायक होचीमिन्ह ।
‘हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात’ भन्ने उखान बालकदेखि वृद्धसम्मा खुबै प्रयोग हुन्छ । तर, पात फुस्रो किन हुन्छ, त्यस्को बारेमा कतैबाट उत्तर आउँदैन । बनस्पति बिज्ञानमा बिरुवाको बारेमा माटोको जाँच गरिन्छ जीव बिज्ञानमा उसको बंश र रोगको बारेमा अध्ययन गरिन्छ । जसलार्ई समाजमा सबैले ग्रहण गर्दछन । तर, राजनीति शास्त्रमा सशाकीय स्वरुप र शिस्टमको बारेमा धेरै छलफल गरिएको पाइन्छ । हजारौं पटक असफल हएर मक्केको पुरानो परिपाटीलार्ई परिमार्जन गरेर नयाँ भएको दाबी गरिछ । अनि त्यहीँ पुरानो राज्य व्यवस्था चलाउने दुस्साहस गरिन्छ । समाजमा हजारौं समस्या उत्पादन भएर सशाक र सरकार असफल हुँदै जान्छन् । अबको प्रयत्न मानव जगतमा फेरि पनि बिद्यमान समस्याको समाधान बैज्ञानिक तरिकाले खोज्ने प्रयास गरिएन भने बिकास उन्मुख राष्ट्र र त्यस्ता देशका जनताको राष्ट्रिय अस्तित्व नै धरापमा पर्न सक्ने गम्भीर खतरा छ ।
दलाल संसदीय ब्यवस्था भित्रका अपराधिक पात्रहरू
साम्राज्यवादले निर्माण गरेको दलाल पुँजीवाद र दलाल पुँजीवादी ब्यस्थामा निर्माण भएको संसदीय व्यवस्थामा वैदेशिक चलखेल र घुसपैठ चरम रूपमा भएको हुन्छ । दुई देशको नागरिकता बोकेर सांसद बनेर नेपालको सरकारमा समेत प्रवेश गर्छन । अमेरिकी ग्रेनकार्ड बोकेर नेपाली जनताको जनप्रतिनिधि सूचना आयोजनाका महत्वपूर्ण मिडियामा महत्वपूर्ण पद समालेर बस्न सक्ने खतरापूर्ण संकेत देखिन्छन् । मन्त्री सांसद लगायत राजनीति बृत्तमा एनजीओ र बिदेशी कम्पनिसँग राम्रो सम्बन्ध भएको ब्यक्ति सत्तामा पुग्ने खतरा दलाल संसदीय व्यवस्थाका चरम लापरबाही हुन । यतिबेला गोकुल बास्कोटा मात्रै होइन गहिरो अध्ययन गर्ने हो भने सत्ता पक्ष र प्रतिपक्षी राजनीति पार्टीको उच्च ओहदामा युरोप अमेरिकी ग्रेनकार्ड बोकेर नेपालको कार्यकारी पद समेतको दुरुपयोग भएको प्रमाण फेला पार्न सक्ने धेरै संभावना छन । किनकि नेपालको यो संसदीय व्यवस्था बिदेशीले आपूm अनुकूल निर्माण गरिदिएको हो । सके नेपाली नागरिकता र अमेरिकी युरोपेली तथा इन्डियन नागरिक परिचयपत्र भएको त्यति नभए बिदेशी गुप्तचर बिभागसँग गम्भीर आपराधिक साँठगाँठ भएको ब्यक्तिहरु नेपालको राजनीति दल सरकार सञ्चार प्रेस तथा प्रशासनमा समेत चलखेल र घुसपैठ भएको पाउन सकिन्छन् । यस्ता प्रकृतिका गम्भीर समस्यामा जनस्तरबाट खोजी प्रतिरोधको जरुरी छ । यदी अझै पनि त्यसो गर्न नसकेको खण्डमा लाखौं गोकुल बास्कोटा सुरक्षित र शक्तिशाली बनेर बढ्दै जाने गम्भीर समस्या उत्पन्न हुनसक्छ ।
के हो दलाल संसदीय ब्यवस्था ?
अहिले विश्वब्यापी रूपमा देखिएको उदार पुँजीवादको अर्को उत्सर्ग बहुराष्ट्रिय पुँजीवाद हो । बहुराष्ट्रिय पुँजीको सम्पूर्ण रूपमा संचालक विश्व साम्राज्यवादले गर्दछ । गरेको पनि छ, बहुराष्ट्रिय पुँजीवादले राष्ट्रिय पुँजीलार्ई तहसनहस गर्नको लागि बिश्वब्यापी रूपमा संसदीय व्यवस्थालार्ई आपूm अनुकुल प्रयोग र उपयोग गरेको छ । नचाहेर पनि बिकासोन्मुख राष्ट्रको संसदीय व्यवस्था र सरकार साम्राज्यवादले निर्माण गरेको बहुराष्ट्रिय पुँजीवादको खेतालो बन्न पुगेको हुन्छ । जसले राष्ट्रिय पुँजीलाई साम्राज्यवादले निर्माण गरेको बहुराष्ट्रिय पुँजीले निस्तेज बनाउनेतर्फ उद्यत हुन्छन् ।
जहाँ राष्ट्रिय पुँजी उत्पादनको श्रोत साधन मानव शक्तिका साथसाथै जल, जमीन र बन पैदावरका जडिबुटी समेतलार्ई बहुराष्ट्रिय पुँजीवादको माध्यम हुँदै साम्राज्यवादको हातमा सुम्पिने काम दलाल संसदीय व्यवस्थाले गर्दछ । अहिले नेपालमा देखिएको मूल समस्या यहीँ हो ।
पात्र, प्रवृत्ति र परिस्थिति निर्माणमा संसदीय व्यवस्थाको भूमिका
राज्य व्यवस्थाले राज्यसत्ता निर्धारण जसरी गरेको हुन्छ । त्यसरी नै राज्य सत्ताले सासकका प्रवृत्ति र पात्र निर्माण गरेर जान्छ । त्यहीँ प्रवृत्ति र पात्रले गम्भीर संकटपूर्ण परिस्थिति निर्माण गर्न पुग्दछन् । मैले संसदीय चरित्र र त्यसको बाध्यताको बारेमा माथि उल्लेख गरिसकेको छु । मात्रै यहाँ भन्न खोजेको संसदीय व्यवस्था दलाल पुँजीवादको भारिया र राष्ट्रिय पुँजीको बीस भएर निर्माण हुने भएको हुँदा कमिसनको मूलबाटो अङ्गाल्छ । सरकार र शासकलाई चौतर्फी संस्कृतिक भ्रष्ट नैतिक पतनको राजपाठलार्ई दलाल संसदीय व्यवस्थाले सफल प्रतिनिधि मान्दछ । जब त्यसैका समान्य प्रतिनिधि पात्र गोकुल बास्कोटा हुन् । हामीले यतिबेला सतहमा देखिएको पात्रहरूलार्ई मात्रै इङ्गित गरेर आलोचना गर्दछौ । मुख्यगरी हामीले त्योभन्दा भयानक र कुख्यात भ्रष्टाचार र मानव अपराधीहरु उत्पदन गर्ने कारखानाको रूपमा बर्तमान संसदीय व्यवस्था हो । भन्नेकुरा कदापि भुल्नु हुन्न, जतिबेला उद्धार पुँजीवाद चरमोत्कर्समा पुगेर बहुराष्ट्रिय पुँजीवादी राज्यव्यवस्थाको सुरुवात भएको हो । त्यहीँबाट विश्वभरि बिकासोन्मुख राष्ट्रका संसदीय व्यवस्था दलाल भ्रष्ट नैतिकहीन संस्कृतिक पतन भएको शासक र प्रतिनिधि पात्रहरुको बलियो शक्ति सरकारमा पुगाउने र सिङ्गो सरकारले नै दलालको रूपमा काम गर्ने गर्दछ ।
यो दलाल संसदीय राज्य व्यवस्थाको मन्त्री मात्रै होइन । एकजना इमानदार सांसदले मानव बेचबिखन लागू औषध ओसार–पसारमा संलग्न बनेको हुन्छन् । त्यसैले यो संसदीय राज्य व्यवस्थाले गुन्डागर्दी भ्रष्टाचार तस्करी मानव बेचबिखन लागूऔषध ओसार–पसार गर्ने जस्ता अपराधी पात्रहरुलार्ई सांसद बन्न योग्यता भएको ठहर गर्दछ । राज्यको शक्ति प्रयोग गरेर जसले भ्रष्टाचारको चलाखीपूर्ण तरिकाले जसले काम गर्दछ ।
त्यस्ता प्रतिनिधि पात्रलार्ई सरकारको मुख्य–मुख्य पदमा पु¥याउन प्रयत्न गर्दछ जतिबेलादेखि नेपालमा राणा र पञ्चायतकालभरि निरंकुश सामन्तवादको वरिपरि जनता र राष्ट्र गरिब बनाउने भयो, त्यसपछि संसदीय व्यवस्थाको सुरुवात भएको छ । त्यतिबेलादेखि सिङ्गो व्यवस्था र सरकारले नै दलाल पुँजीवादको हितमा काम गरेको छ । आर्थिक उर्तिपुर्तिका कमिसन घुसखोर भ्रष्टाचारको सुरुवात भएको हो । गम्भीर भ्रष्टाचार कमिसनको कारण राष्ट्रमा गरिबी, बेरोजगारी, स्वास्थ, शिक्षा, गाँस, बासको गम्भीर समस्या उत्पन्न भएको हो ।
भ्रष्टाचार भित्र लुकेका पात्र र प्रवृत्ति
बाहिर यो र त्यो भ्रष्टचारी भनेर गम्भीर अध्ययन गर्दा मूल प्रवृत्ति र सिस्टम नै भ्रष्ट छ भन्ने कुरा स्पष्ट छ । गोकुल बास्कोटा साना सिक्दै गरेका दलाल हुन् । त्योभन्दा कुख्यात दलाल सत्ताको वरिपरि बसेर सत्ताको रस स्वाद गरेकालार्ई बाहिर ल्याउन नदिन सिङ्गो राज्यको शक्ति दुरुपयोग गरेर सरकारले नै पोषित गरेको हुन्छ । जसले जति धेरै भ्रष्टाचार कमिसन मानव बेचबिखन तस्करी ग¥यो । त्यो नै शासकको क्षमतावान्, नैतिकबान देखिन्छ । दलाल संसदीय व्यवस्थाले राज्यको सम्पूर्ण शक्ति जनताको हितमा नराखेर दलाल खुफिया माफिया र भ्रष्ट शासकको अनुकूल बनाउने गर्दछ । न्यायाधीश कर्मचारी पुलिस अख्तियार सेना बिग मिडिया जस्ता सम्पूर्ण शक्तिलार्ई दुरुपयोग गरेर जनतालार्ई गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ र रोजगारका चरम् समस्या उत्पदन गरेर मुठ्ठीभर दलालले राज्य सन्चालन गर्ने ।
अन्तत्वगत्वा जनस्तरबाट उठेका गुनासा कुन्ठालार्ई बन्दुक र बलमा तह लाउन फासीवादको मार्ग तयार गर्दछ । अहिले नेपालमा जुन कुरा भएको छ, यो सम्पूर्ण हिसाबले दलाल फासीवादको बाटोमा उद्यत छ । न्याय अख्तियार पुलिसलार्ई आपूm अनुकूल बनाउने गरेका छन् । सेना पनि सम्पूर्ण तरिकाले आफ्नो काबुमा राखे भने यो दलाल व्यवस्थाका शासकले भ्रष्टाचार, कमिसन, बलात्कार, ब्यभिचार गर्ने कुनै पनि अपराधीका विरुद्ध जनताले बोल्यो, भने सरकारले नै बल प्रयोग गरेर दोषीलार्ई उन्मुक्ति दिने व्यवस्थानै दलाल संसदीय व्यवस्था हो ।
एकजना मन्त्रीले ७० करोड कमिसन बाहिर आउँदा त्यहीँ पात्रको मुख्य प्रधानमन्त्रीले मौन रहनु भनेको भ्रष्टाचार र कमिसनले सबैलार्ई छाडेको छैन । सबै मुछिएका छन भन्नेमा निर्विवाद छ । जुन ध्येय उद्देश्य लिएर निर्माण भएका राजनीति पार्टी र त्यसैको नेतृत्वमा बनेको सरकारका स्थानीय स्तरदेखी केन्द्रीय स्तरसम्म एकएक कमिसन घुस भ्रष्टाचारको दलदलमा फसेका छन् । सरकार र प्रशासन कर्मचारी भ्रष्टाचारको गन्धले डङ्डङी गनाउँदासम्म इमानदार कार्यकर्ता जनताले भने सरकार परिवर्तन नेतृत्वले परिवर्तनलार्ई समाधान खोज्नु गम्भीर भुल हुनेछ ।
अबको विकल्प र समाधान के हो ?
संसदीय व्यवस्थाको विकल्पमा जनवादी व्यवस्था या यही दलाल संसदीय व्यवस्थाभित्र पात्र परिवर्तनको विकल्प खोज्ने भन्ने गम्भीर बहसको बिषय हो । यतिबेला कथित नेकपाको सरकारको विकल्पमा काँग्रेस या त ओलि सरकारको बिकल्पमा प्रचण्ड माधब नेपाल झलनाथ पात्रको बारेमा पार्टीको कार्यकर्ताले र जनताले सोच्ने गरेको पाइन्छ । यो नै सबैभन्दा त्रुटिपूर्ण समस्या हुन्छ । हामीले पहिलो कुरा संसदीय व्यवस्थाको सुरुवात काँग्रेसको नेतृत्वमा भएको र सबैभन्दा राष्ट्रघात, जनघात, बेरोजगार त्यतिबेलाबाट सुरुवात भएको कुरा बिर्सनु हुँदैन । त्यसपछि तत्कालीन एमाले एमाओवादी केन्द्रले संसदीय व्यवस्थाको परिचालन गरेर यहाँसम्म पुगेको र एकपछि अर्को राष्ट्रघात, जनघात, बेरोजगारको चरम समस्या निम्तेको भुल्नु हुन्न । अब जनताको स्तरबाट एक असल नेपाली नागरिकको हैसियतले सोच्ने हो भने दलाल पुँजीवादको अन्त्यका लागि संसदीय व्यवस्था विकल्प होइन । यो पूर्ण रुपमा असफल साबित भयो, भन्नेमा निर्बाध बहसको बिषय छ । दलाल पुँजीवादले संसदीय व्यवस्थालाई नै दलाल बनाएको छ । त्यसैले यो दलाल संसदीय व्यवस्थामा निर्माण हुने जुनसुकै अनुहारका प्रतिनिधि पात्रहरु दलाल नै भएर सत्तालार्ई सन्चालन गर्ने भएको हुँदा साम्राज्यवाद तथा दलाल पुँजीवादको विरुद्धमा बैज्ञानिक तथा समाजवादी राज्य व्यवस्था र सरकारको विकल्प खोज्नु अनिवार्य जरुरी छ । पुख्र्यौली कम्युनिस्ट तथा काँग्रेस बनेर मक्केको घीनलाग्दो संसदीय व्यवस्थाभित्र प्रतिनिधि पात्रको बिकल्पले राष्ट्रिय स्वाधीनता सार्बभौमसत्ता र जनताको राज्यव्यबस्था निर्माण हुने कल्पना गर्नु सधैँभरि भ्रष्टाचार राष्ट्रघात, जनघातका हजारौं समस्या उत्पादन गरिरहनु हो ।