अखिल नेपाल महिला संघ क्रान्तिकारीद्वारा अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाउन आह्वान
काठमाडाैँ, १९ फागुन । ‘श्रमिक महिला मुक्ति र वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको बाटोमा अघि बढौँ, ११० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔँ’ भन्ने मूल नाराका साथ अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिले अाठ मार्चकाे अपिल जारी गरेको छ ।
वर्तमान दलाल राज्यव्यवस्थाबाट नेपाली महिला र उत्पीडित जनसमुदायको हकअधिकार स्थापित हुन नसक्ने भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट महिला संगठनले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रूपमा उठाएकाेले सम्पूर्ण तह र तप्काका महिला दिदीबहिनी र न्यायप्रेमी जनसमुदायलाई सबै प्रकारका सहयोग गरिदिनुहुन हार्दिक अपिल गरेको छ ।
अपिलमा लेखिएको छ-‘ महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले श्रमजीवी महिलाको ऐतिहासिक खुसी र विजयको दिन आठ मार्च २०२० (२५ फागुन २०७६) लाई ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा भव्यताका साथ मनाउँदै छौँ ।
आठ मार्चको ऐतिहासिक महत्व र त्यसको दिशानिर्देशलाई आज पनि संसारभरिका श्रमिक महिला र श्रमजीवी वर्गले एउटा विजयोत्सवको रूपमा आत्मसात् गरेका छन । श्रमिक वर्गले आफ्नो अधिकार स्थापनाका लागि सङ्घर्ष गर्नु अनिवार्य छ भन्ने शिक्षा प्रदान गरेको छ । श्रमिक महिलाहरूले समान कामको समान ज्याला, आठ घन्टा काम, मताधिकारको अधिकार, ट्रेड युनियन अधिकार, शिशु स्याहार केन्द्रको व्यवस्था, समान शिक्षा नीतिका मागहरू राखेर चरणबद्ध आन्दोलनहरू सन् १९१० मा समाजवादी महिलानेतृ क्लारा जेट्किनको अगुवाईमा डेनमार्कको कोपनहेगनमा भएको महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले आठ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय ग¥यो । त्यही दिनदेखि हरेक वर्ष आठ मार्चलाई श्रमिक महिलाहरूलेआन्दोलनकै रूपमा यसलाई मनाउँदै आइरहेका छन् ।अाज संसारभरि ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस उत्सवको रूपमा मनाइरहँदा दुःखद् कुरा महिलाहरूमाथि अझै पनि हरेक प्रकारका शोषण, दमन, उत्पीडनहरू भइरहेका छन् । हाम्रै देशको कुरा गर्दा श्रमजीवी महिलाहरू र उत्पीडित जनसमुदायको अधिकारको अनि वैज्ञानिक समाजवादको कुरा गर्दा प्रतिबन्धित हुनुपर्ने, गिरफ्तार हुनुपर्ने, जेल–हिरासत बस्नुपर्ने, झुट्टा मुद्दा व्यहोर्नुपर्ने, चरम यातना र गोली खानुपर्ने जस्तो परिस्थिति आज पनि छ ।’
अपिलमा भनिएको छ-‘आफूलाई कम्युनिस्टको सरकार भन्न रुचाउने, मानव अधिकारको दुहाई दिने, कानुनी राज्य र गणतन्त्रको चर्को नारा लगाउने, केपी–पिके सरकारले हाम्रो सङ्गठनका तत्कालीन अध्यक्ष बन्धु चन्द ‘क. शिला’, महासचिव धीरेन्द्राकुमारी उपाध्यय ‘क. भृकुटी’ विगत एक वर्षदेखि गिरफ्तार गरेर विभिन्न
झुट्टा मुद्दामा फसाई जेल–हिरासतमा कैद गरिएको छ । देशभरका महिला कमरेडहरूलाई वारेन्ट जारी गर्ने, घर–घरमा खानतलासी गर्दै राज्यले महिलाहरूमा आतङ्क सिर्जना गरिरहेको छ । यसै सन्दर्भमा राज्यको यस प्रकारको गतिविधिपति हाम ्र ्रो सङ्गठन घोर भत्र्सना गर्दछ । गिरफ्तार महिला नेताहरूलई बिना–शर्त रिहाइ गर्न माग गर्दछ ।’
यस बिषयमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समिती द्वारा जारी गरिएको अपिलकाे पूरा पाठ यसप्रकार छ- “श्रमिक महिला मुक्ति र वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको बाटोमा अघि बढौँ ! ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔँ !!
आदरणीय महिला दिदीबहिनी तथा न्यायप्रेमी जनसमुदाय ! हाम्रो जनप्रिय महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले श्रमजीवी महिलाको ऐतिहासिक खुसी र विजयको दिन आठ मार्च २०२० (२५ फागुन २०७६) लाई ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा भव्यताका साथ मनाउँदै छौँ ।
आठ मार्चको ऐतिहासिक महत्व र त्यसको दिशानिर्देशलाई आज पनि संसारभरिका श्रमिक महिला र श्रमजीवी वर्गले एउटा विजयोत्सवको रूपमा आत्मसात् गरेका छन । श्रमिक वर्गले आफ्नो अधिकार स्थापनाका लागि सङ्घर्ष गर्नु अनिवार्य छ भन्ने शिक्षा प्रदान गरेको छ । श्रमिक महिलाहरूले समान कामको समान ज्याला, आठ घन्टा काम, मताधिकारको अधिकार, ट्रेड युनियन अधिकार, शिशु स्याहार केन्द्रको व्यवस्था, समान शिक्षा नीतिका मागहरू राखेर चरणबद्ध आन्दोलनहरू सन् १९१० मा समाजवादी महिला नेतृ क्लारा जेट्किनको अगुवाईमा डेनमार्कको कोपनहेगनमा भएको महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले आठ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय ग¥यो । त्यही दिनदेखि हरेक वर्ष आठ मार्चलाई श्रमिक महिलाहरूले आन्दोलनकै रूपमा यसलाई मनाउँदै आइरहेका छन् । आज संसारभरि ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस उत्सवको रूपमा मनाइरहँदा दुःखद् कुरा महिलाहरूमाथि अझै पनि हरेक प्रकारका शोषण, दमन, उत्पीडनहरू भइरहेका छन् । हाम्रै देशको कुरा गर्दा श्रमजीवी महिलाहरू र उत्पीडित जनसमुदायको अधिकारको अनि वैज्ञानिक समाजवादको कुरा गर्दा प्रतिबन्धित हुनुपर्ने, गिरफ्तार हुनुपर्ने, जेल–हिरासत बस्नुपर्ने, झुट्टा मुद्दा व्यहोर्नुपर्ने, चरम यातना र गोली खानुपर्ने जस्तो परिस्थिति आज पनि छ ।
आफूलाई कम्युनिस्टको सरकार भन्न रुचाउने, मानव अधिकारको दुहाई दिने, कानुनी राज्य र गणतन्त्रको चर्को नारा लगाउने, केपी–पिके सरकारले हाम्रो सङ्गठनका तत्कालीन अध्यक्ष बन्धु चन्द ‘क. शिला’, महासचिव धीरेन्द्रा कुमारी उपाध्यय ‘क. भृकुटी’ विगत एक वर्षदेखि गिरफ्तार गरेर विभिन्न झुट्टा मुद्दामा फसाई जेल–हिरासतमा कैद गरिएको छ । देशभरका महिला कमरेडहरूलाई वारेन्ट जारी गर्ने, घर–घरमा खानतलासी गर्दै राज्यले महिलाहरूमा आतङ्क सिर्जना गरिरहेको छ । यसै सन्दर्भमा राज्यको यस प्रकारको गतिविधिप्रति हाम्राे सङ्गठन घोर भत्र्सना गर्दछ । गिरफ्तार महिला नेताहरूलाई बिना–शर्त रिहाइ गर्न माग गर्दछ । अहिले हाम्रो देशमा दलाल पुँजीवादी राज्यसत्ता क्रियाशील छ । केपी ओलीको नेतृत्वको सामाजिक दलाल फासिवादी सरकारले नेपाली जनतामाथि फासिवादी दमन लादिरहेको छ । मुलुकमा भइरहेको हत्या, हिंसा, बलात्कार, अपहरण, शोषण, दमन, उत्पीडनको अन्त्यको निम्ति हाम्रो सङ्गठनले चरणबद्ध आन्दोलन गर्दै आएको छ । देशमा भएको कालोबजारी, तस्करी, भ्रष्टाचारी कमिसनखोरी र विभिन्नखाले जनघात, राष्ट्रघात जस्ता गतिविधिको विरुद्ध सशक्त सङ्घर्ष गर्दै आइरहेको छ । वर्तमान दलाल राज्यव्यवस्थाबाट नेपाली महिला र उत्पीडित जनसमुदायको हकअधिकार स्थापित हुन नसक्ने भएकोले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रूपमा उठाएका छौँ । त्यसैले यो वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई ‘श्रमिक महिला मुक्ति र वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको बाटोमा अघि बढौँ, ११० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔँ’ भन्ने मूल नाराका साथ देशव्यापी भव्य रूपमा मनाउन लागिरहेका छौँ । हाम्रो अभियान सम्पूर्ण तह र तप्काका महिला दिदीबहिनी र न्यायप्रेमी जनसमुदायलाई सबै प्रकारका सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ ।”