चीनमा कोरोनाको प्रभाव घट्दै
काठमाडाैँ, २२ फागुन । गत डिसेम्बर ३१ मा चीनबाट फैलिएको कोरोना भाईरसबाट प्रभावितको संख्या घट्न थालेको छ । बुधबार नयाँ बिरामी एक सय ३४ जना देखिए भने त्यसै दिन ३१ जनाको मृत्यु भयो । यस अघि दिनमा ५ सय भन्दा बढी विरामी र सय भन्दा बढीको ज्यान जाने गरेको थियो । चीनमा कोरोनाबाट अहिले सम्म ३ हजार बढीको मृत्यु भएको छ । ८० हजार बढी प्रभावित छन् भने उपचारबाट ५० हजार भन्दा बढी निको भएर घर फर्किएको अधिकारीहरुले जनाएका छन् ।
यसैबीच बुधबार चीनीया कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक बसेको छ । बैठकमा राष्ट्रपति सि जिन पिगंले कोरोनाको नियन्त्रण र रोकथाममा प्रगति भईरहेको भन्दै आर्थिक र सामाजिक विकासलाई पनि सगैँ ध्यान दिएर अगाडी बढ्ने बताएका छन् ।
सि ले कोरोनाको नियन्त्रणमा अझ द्रुत गतिमा लाग्ने र आर्थिक तथा सामाजिक विकासको स्थितिलाई पनि छिट्टै पुनर्जीवन दिने बताएको चीनीया सञ्चारमाध्यमहरुले जनाएका छन् । -एजेन्सी