विश्वका ३० करोड बढी बालबालिका विद्यालय जानवाट बन्चित !
काठमाडौं , २३ फागुन । कोरोना शुरुमा चीनमा मात्र थियो । त्याँहाका विद्यालय, सार्वजनिक यातायात बन्द भए जनजीवन प्रभावित भयो । तर अहिले विश्वका ८० भन्दा बढी देशमा यसले आतंक मच्चाईरहेको छ । छिमेकी भारत, ईटली, अमेरीका, कोरीया, जापान, ईरान लगायतका देशमा कोरोनाका कारण हजारौं विद्यालयहरु बन्द गरिएको छ । जसका कारण विश्वभर ३० करोड बढी बच्चाहरु बिद्यालय जान नपाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधबार सम्ममा तीन वटा महादेश एशिया , यूरोप सहित गरेर २२ वटा देशका स्कुलहरु बन्द आव्हान भएका छन् । सयुक्त राष्ट्र संघले यसले शिक्षा व्यवस्थामा अभूतपूर्व समस्या निम्त्याएको भन्दै चिन्ता जनाएको छ । यो ईतिहासमा कहिल्यै नभएको शैक्षिक क्षेत्रमा समस्या भएको छ । बालबालिका स्कुल जान पाएका छैनन, परीक्षाको तयारी गरीरहेका बिद्यार्थीहरु समस्यामा छन्, उनीहरुका बाबुआमाको रोजगारी गुमेको छ । पिटरसन ईन्सटीच्युट फर ईन्टरनेसनल ईकोनोमिक्सका सिनियर शोधकर्ता जैकब कर्केगार्डले न्यूयोर्क टाईम्ससगँ भनेका छन् । उनले ईतिहासमा विकसित देशमा यति लामो समय विद्यालय बन्द भएको कुनै दोस्रो उदाहरण नभएको पनि बताएको न्यूयोर्क टाईम्सले समाचार लेखेको छ । -एजेन्सी