आक्रमणमा परी पत्रकार बस्ताकोटी गम्भीर घाइते
पोखरा , २२असोज – क्रान्तिकारी पत्रकार महासंघ कास्कीका सल्लाहकार तथा सराङ्गकोट साप्ताहिकका पत्रकार शिबराज बस्ताकोटी -शिब दार्इर्ं) माथि सांघातिक आक्रमण भएको छ ।बेलुकी आफ्नै निवासमा बसिरहेको अबस्थामा उनि माथि अज्ञात समुहले आक्रमण गरेको हो । उनको टाउकोमा चोट लागेको छ । आक्रमण पछि आक्रमणकारी भागेको बताईएको छ । बसिरहेको अबस्थामा पछाडिबाट आएर एक्कासी टाउकोमा प्रहार गरेको बस्ताकोटीले बताए । आक्रमण बाट र्घाईते उनलाई फेवासिटी अस्पतालमा उपचार गरिएको छ ।
यसैबीच, क्रान्तिकारी पत्रकार महासङ्घ कास्कीले एक विज्ञप्ति प्रकाशित गरी पत्रकार बस्ताकोटीमाथि भएको आक्रमणको निन्दा गरेको छ । अध्यक्ष नवराज सापकोटा र सचिव रूद्र श्रीसमगरद्वारा जारी प्रेस विज्ञप्तिमा पछिल्लो क्रममा निरन्तर प्रेसमाथि आक्रमण भइरहेको भन्दै पत्रकार बस्ताकोटीमाथिको आक्रमणले समग्र पत्रकार र प्रेस जगतलाई पुनः चिन्तित बनाएको उल्लेख गरिएको छ ।विज्ञप्तिमा पत्रकारले स्वतन्त्र नागरिकका रूपमा बाँच्न समेत नपाउने अवस्था आएको भन्दै पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न समेत सरकार र स्थानीय प्रशासनसमक्ष माग गरिएको छ । ँनिरन्तर राष्ट्रियता र जनतन्त्रको पक्षमा कलम चलाउँदै आउनुभएका पत्रकार बस्ताकोटीमाथिको आक्रमण कायरताको पराकाष्ठा हो’, विज्ञप्तिमा भनिएको छ,पत्रकारको जीउधनको सुरक्षा गर्न नसक्ने सरकारले र्सवसाधारण जनताको सुरक्षा कसरी गर्न सक्ला भन्ने प्रश्न यस घटनाले खडा गरिदिएको छ ।’निर्भय, निष्पक्ष र स्वतन्त्र रूपमा कलम चलाउन सक्ने वातावरण नभएसम्म कोही पनि पत्रकारले सुरक्षित महसुस गर्न नसक्ने भन्दै विज्ञप्तिमा बस्ताकोटीमाथिको आक्रमणमा संलग्न जोसुकै भएपनि अविलम्ब छानविन गरी दोषीलाई कडा कारबाही गर्न प्रशासनसमक्ष जोडदार माग गरिएको छ । अन्यथा, आफ्नो जीउधनको सुरक्षाका लागि क्रान्तिकारी पत्रकार महासङ्घसहित सम्पूर्ण श्रमजीवि पत्रकारहरू आन्दोलनमा उत्रिने चेतावनी पनि दिइएको छ ।- माधब पनेरु