कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो !

२०७६ फाल्गुन २४ गते, शनिबार

काठमाडौं , २४ फागुन । विश्वभर कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । बिहिबार सम्म ९८ हजार सम्म पुगेको संक्रमितको संख्या शुक्रबार एक लाख नाघेको छ । यसमा खास गरी एकै दिन २४ घण्टामा १२ सय बढी नयाँ संक्रमित ईरानमा देखा परेको छ । त्याहाँ २४ घण्टामा एक सय २४ जनाको ज्यान गएको छ । त्यस्तै ईटलीमा २४ घण्टामा ४१ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या पनि बढेको छ । यस्तै ईजिप्टमा १२ मा संक्रमण भएको पुष्टी भएको छ । उनीहरु नाईल नदीमा पानी जहाजमा रहेका बेला संक्रमणमा परेका हुन् । अमेरीकाले परीक्षण उपकरणको अभाव भए पछि सान फ्रान्सीस्कोमा हेलिकप्टरको सहायताले उपकरणहरु पुर्याएको छ । अमेरीकामा १२ जनाले यस भाईरसका कारण ज्यान गुमाईसकेका छन् । यसै गरी भारतमा पनि ३ जना नयाँ संक्रमित देखा परेको अधिकारीहरुले जनाएका छन् । त्यसै गरी दक्षिण कोरीया लगायत चीन बाहिरका मुलुकमा समेत लगातार कोरोनाको असर बढीरहेको छ ।
चीन देखि अमेरीकासम्म कोरोनाका कारण सार्वजनिक कार्यक्रमहरु स्थगित छन् भने विश्वभर लाखौं विद्यालयहरु बन्द हुदाँ ३० करोड बढी बालबालिकाहरु स्कुल जान पाएका छैनन् । औषधी तथा मेडिकल उपकरणहरुको अभाव हुदै गएको छ । यद्यपि, चीनमा भने संक्रमित र मृत्यु हुनेको संख्यामा कमी आउन थालेको छ । चीनमा ३ हजार भन्दा बढी व्यक्तिको कोरोनाको कारण ज्यान गईसकेको छ ।
विश्व श्वास्थ्य संगठनले संक्रमितहरुको संख्या एक लाखको नजिक पुगेको भनेको छ । तत्काल उपचार पनि नहुने, भ्याक्सिन तथा औषधिको विकास भईनसकेकाले पनि कोरोनाले खतरनाक रुप लिदै गएको छ । यद्यपि, भ्याक्सिनको परीक्षण भने भएको छ । तर यो मान्छेमा प्रयोग हुन बाकीँ छ । विश्व श्वास्थ्य संगठनले कोडिभ १९ नाम दिएको यो भाईरस यस अघि मानव जातिमा देखिएको थिएन । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु