क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको पाँच तले होटेल भत्कियो
काठमाडाैं, २५ फागुन । चीनको ग्वान्जाओमा क्वारेन्टाइनको रुपमा प्रयोग हुँदै आएको सिञ्जिया होटेल भत्कँदा ७० जना फसेका छन् । ४० जनालाई उद्धार गरिएको छ । उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सन् २०१८ मा निर्मित उक्त होटलमा ८० वटा पाहुना कक्ष रहेका थिए । होटलमा रहेका ७० जना कोरोना संक्रमितको सम्पर्कमा आएका कारण उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । होटेल भत्कनुको कारण भने खुल्न सकेको छैन । -एजेन्सी