कच्चा तेल : १९९१ पछिको सबै भन्दा सस्तो

२०७६ फाल्गुन २६ गते, सोमबार

काठमाडौं, २६ फागुन । कच्चा तेलको मुल्य १९९१ को खाडी युद्धपछि सबै भन्दा सस्तो भएको छ । साउदी अरबले एकै पटक कच्चा तेलको मुल्यमा ३० प्रतिशतले घटाए पछि यो नयाँ रेकर्ड कायम भएको हो । ३१ बर्ष पछि साउदी अरबका कारण एकै रातमा तेलको मुल्य घटेर ३१.२ डलर प्रतिब्यारेल झरेको छ । यसले अन्तराष्ट्रिय शेयर बजार र रुसी मुद्रामा भुईचालो ल्याएको छ । रुसी मुद्रा रुबेल यसका कारण चार प्रतिशत घटेको छ डलरको तुलनामा ।
तेल उत्पादक राष्ट्रहरुको समुह ओपेकको बैठकमा उत्पाद घटाउने साउदीको प्रस्तावमा रुसले नमानेका कारण साउदीले मुल्य घटाएर चूनौती पेश गरेको हो ।
कोरोनाका कारण तेलको मुल्यमा गिरावट आए पछि मुल्य स्थिर राख्न उत्पादन घटाउनु पर्ने साउदीको प्रस्तावमा रुसले नमानेका कारण साउदीले क्रुद्ध हुदै मुल्य बढाएको बताईएको छ ।
यसरी एक ब्यारेलमा एक सय ५९ लिटर कच्चा तेल हुन्छ । जसको मुल्य ३१.२ डलर छ । डलरको नेपाली भाउ अनुसार प्रति लिटर कच्चा तेलको मुल्य २२ रुपैया हाराहारी पर्छ । जब कि नेपालमा पिउने पानी मिनरल वाटर २५ रुपैया सरदरमा बिक्री भएको देखिन्छ । कतै २० रुपैयामा छ भने धेरै जसो ठाँउमा २५ देखि ३५ रुपैया सम्म छ । औसत पानी भन्दा कच्चा तलेको मुल्य सस्तो भएको छ ।
यद्यपि, नेपालले सिधा उत्पादक राष्ट्र नभई भारतबाट ल्याउने भएका कारण कर , ढुवानी, मुनाफा आदि कारणले पेट्रोलियम पदार्थ अपेक्षाकृत सस्तो भने हुदैन ।
तर अन्तराष्ट्रिय बजारमा आएको यो गिरावट पछि भारतमा त्यस पछि नेपालमा पेट्रोल डिजेलको मुल्यमा कमी आउन सक्ने अपेक्षा गरिएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु