अखिल (क्रान्तिकारी)द्वारा सहायक सिमा पिल्लर निर्माणको कार्य रोक्न माग
काठमाडौ, ४ चैत । अखिल (क्रान्तिकारी) ले कैलालीको खक्रोलादेखि कञ्चनपुरको ब्रहमदेवसम्म नेपाली भूमि मिचिने गरि भैरहेको सहायक सिमाना पिल्लर निर्माणको कार्य रोक्न सम्बन्धित निकायसङ्ग जोडदार माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का सेती महाकाली ब्युरो संयाेजक विरेन्द्र शाहले एक प्रेस विज्ञप्ति जारी गरि
नेपाल-भारत संयुक्त सर्वे टोलीद्वारा कैलालीको खक्रोलादेखि कञ्चनपुरको ब्रहमदेवसम्म सहायक सिमा पिल्लर निर्माणको प्रक्रिया अगाडि बढाएको भन्दै उक्त कार्य राेकि वैज्ञानिक नक्शाकंनका साथै सिमानाका मुख्य जङ्गे पिल्लरको आधारमा अगाडी बढाउन आग्रह गर्नु भएको छ ।
विज्ञप्तिमा लेखिएको छ-‘जस अन्तर्गत कञ्चनपुरको बेल्डाडी गा.पा. वडा न. ०३ वैवाह क्षेत्रमा नेपाली भूमिमा ७८३/४ नम्बर सिमा पिल्लर गाडिएको छ र जुन जमिनको लालपुर्जा समेत स्थानीय नेपाली बासीहरुको रहेको छ । यस्तो अतिक्रमणकारी गतिविधिमा नेपाली सर्वे टोली समेतको सहभागी भएको घटनाले हाम्रो सङ्गठनलाई आक्रोशित तुल्याएको छ र उक्त कार्यको घोर भत्सर्ना गर्दछौ ।’
देशको राष्ट्रिय स्वाधीनता र नेपाली भूमिको रक्षार्थ अाफुहरु आवश्यक जस्तोसुकै संघर्ष गर्न प्रतिबद्ध रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।