कोरोनाविरुद्ध औषधि: ‘क्लिनिकल परीक्षण’ सुरु

२०७६ चैत्र १९ गते, बुधबार

काठमाडौँ, १९ चैत । जापानको फुजिफिल्म तोयामा नामक कम्पनीले ६ वर्षअघि विकसित गरेको ‘आविगान’ नामक औषधिलाइ अहिले कोरोना विरुद्द क्लिनिकल परीक्षण गर्न थालिएको छ ।bटोकियोका विभिन्न अस्पतालहरुमा उपचाररत करिब १०० जना कोरोना संक्रमितहरुमा यो औषधि परिक्षण गरिने अधिकारीहरुले जनाएका छन् । फुजिफिल्म तोयामा नामक कम्पनीले विकास गरेको उक्त औषधिका बारेमा आइची प्रान्तको फुजिता मेडिकल युनिभर्सिटी अस्पतालले मार्च महिनाको सुरुवातबाट रिसर्च थालेको थियो ।
उक्त औषधिको क्लिनिकल अनुसन्धान यसअघि चीनमा पनि गरिएको थियो । कोरोना संक्रमितहरुमा गरिएको उक्त परीक्षणमा निमाेनियाका लक्षणलाइ सुधार गर्न प्रभावकारी भएको पाइएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले आफ्नो समाचारमा उल्लेख गरेको छ । परिक्षणपश्चात् यसको प्रभावकारितालाई हेरेर प्रयोगका लागि सरकारसँग अनुमति मागिने फुजिफिल्म कम्पनीले बताएको छ ।
पशुमा गरिएको परीक्षणको नतिजा अनुसार भ्रुणमा प्रतिकूल असर पर्ने निस्कर्ष निकालिएको छ । भ्रुणमा प्रतिकूल असर पर्ने भएकाले गर्भवती महिलामा भने परीक्षण गरिने छैन । परिक्षण मार्च ३१ अर्थात्, हिजोबाट सुरु भएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]