माेदीद्वारा आइतबार राति ९ बजे सारा बिजुली बन्द गरेर मोबाइल फ्लास वा मैनबत्ती बाल्न आग्रह

२०७६ चैत्र २१ गते, शुक्रबार

काठमाडौँ, २१ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ (आइतबार) राति ९ बजे सारा बिजुली बन्द गर्न भारतीय जनतालाई आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो एक भिडियो सन्देशमा देशवासीलाई सम्बोधन गर्दै आइतबार राति ९ बजे ९ मिनेटसम्म घरको ढोका वा कौसीमा मैनबत्ती, दियो, मोबाइल फ्ल्यासलाइट वा टर्चलाइट बाल्न अपील गरेका हुन् ।
बिबिसी हिन्दीका अनुसार मोदीले भने, ‘महामारीको क्रममा हामी निरन्तर प्रकाशको बाटोतिर लाग्नुपर्दछ, सबैभन्दा बढी प्रभावित गरीबहरूलाई निराशबाट आशातिर लैजानु पर्दछ ।’ उनले थपे, ‘यो स संकटबाट जुन अन्धकार र अनिश्चितता उत्पन्न भएको छ, त्यसलाई प्रकाशतिर अघि बढाउनुपर्छ । महामारीको संकट पराजित गर्न ज्योतिको चमक चारै दिशामा फैलाउनुपर्छ, यसका लागि आइतवार, हामी सबै कोरोना संकटको अन्धकारलाई चुनौती दिनेछौँ ।’
अप्रिल ५ मा १३० करोड देशवासीको संकल्पलाई एकसाथ नयाँ उचाइमा पुर्याउनका लागि यसो गर्न मोदीले आग्रह गरे । उनले भने, ‘म तपाईंहरू सबैलाई आइतबार ९ बजे केवल ९ मिनेट समय छुट्याउन आग्रह गर्दछु । घरभित्रको बिजुली बत्ती सब बन्द गरेर ढोका वा कौसीमा मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्लाश जरुर जलाउनुहोस् ।’ ‘यस्तो प्रकाशले एक महाशक्ति प्रकट गर्नेछ र त्यसमा यो बत्तीको साथ, हामी संकल्प गरौँ ताकि हामी एक्लो छैनौं,’ उनले भने । साथै माेदीले उनले अझै भने, यसका दाैरान सामाजिक दूरीको लक्ष्मण रेखा भने कुनै हालतमा पनि पार नगर्न सुझाव दिए । सामाजिक दूरी नै कोरोना संक्रमण हुन नदिने एक मात्र रामवाण उपाय रहेकाे उनकाे भनाइ छ । कोरोनाको महामारी फैलन नदिन भारतमा अहिले २१ दिने लक डाउन जारी छ । तर पनि काेराेना संक्रमित र साेबाट मृत्यु हुनेकाे संख्या भने दिनदिनै बढिरहेकाे छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]