साम्राज्यबादी देशको अहंको कारण कोरना भाइरसको उच्च जोखिम -झपेन्द्रराज बैद्य

२०७६ चैत्र २३ गते, आईतवार

अहिले बिश्व कोरना भाइरसको कारण उच्च जोखिमको अवस्थामा छ। आजको लेटेस्ट रिकर्ड अनुसार संक्रमित संख्या १०९८००६ र मृत्यूको संख्या ५९१४१ रहेको छ। चाइनाबाट शुरुभएको कोरोनाभाइरस( ऋयखष्म ज्ञढ० संसार भरि फैलिसकेको अवस्था छ। यसले बिश्वलाई तरंगितपारेको छ। साम्राज्यबादी देश अमेरिका पनि अहिले महामारिको संत्रासमा छ। अवस्था बिकराल छ। दिनको हजारौं मानिसको मृत्यूले मानिसमा मनो मनोबैज्ञानिक संत्रास छाएको छ। आज मरिने हो कि भोलि यो केही ठेगान छैन। मानौं यो प्रथम र दोस्रो बिश्वयुद्ध पछिको महायुद्ध हो।
कोरोना भाइरस सबभन्दा पहिला चाइनामा आयो। चाइनाको बुहानमा करीब तीन हजार मानिसहरुको मृत्यू भएको हो। एक लाख जति मानिसहरु संक्रमित भए। सयौं डाक्टरहरु परिचालित भए। डाक्टरहरु फिल्डमा जादा परिवारमा रुवाबासी चल्यो।। एउटा डाक्टर मरे पनि। जसलाई सहिद घोषणा गरिएको छ। आज नै ४ अप्रेलमा कोरोनाबाट मुक्तिपाएको भनेर चिनमा ठूलो समारोह भएको छ। हुन त दिनको केही मानिसको अझै पनि मृत्यू भएको छ। तर सयौं भएका छैनन्। नियन्त्रण भएको छ। यो चाइनाको लागि ठूलो बिजय हो। चाइनाको राजनीति, सक्षम प्रशासन र सुरक्षाले गर्दा बिश्व महामारीबाट बच्न सक्षम भएको छ। यो सबैलाई खुसीको कुरा हो। तर अमेरिकाले चाइनिज भाइरस भनेर माओको मुखमा मास्क लगाइदिएको थियो। यो मजाक थियो। एउटा प्रहसन। तर अहिले अमेरिकामा नमीठो परिस्थिति देखापरेको छ। अहिले अमेरिकामा दुईलाख भन्दा बढी कोरोनाबाट संक्रमित छन्। अहिले अमेरिकामा ४ हजारभन्दा बढीको मृत्यू भैसकेको छ। दिन प्रतिदिन बढदै गएको छ।
अहिले कोरोना भाइरसले बिश्वमा फैलिएको छ। युरोपमा यो बुलेट रेलको गतिमा दौडिरहेको छ। अहिले इटली यसबाट बढी आक्रान्त छ। आजको मिति सम्म इटलीमा १६ हजारको मृत्यू भएकाो छ। शहरका रोडहरु शबहरुले ढाकिएका छन्। हृदय बिदारक छ अवस्था। जीवनको मायामारेर होला नोटहरु सडकमा फालिएका छन्। आज को मर्छ। भोलि कुन मर्छ केही थाह छैन। शब सठाउने मानिस पाइदैन। यस्तै स्पेनमा पनि बिहाल छ। १० हजार बढी मानिसहरु मरिसकेको अवस्था छ। फिलिपिन्समा त लक डाउन तोडनेलाई गोली हान्ने सम्म आदेश दिएको छ। दक्षिण कोरिया, रुसमा पनि कोरेनाले बिहाल गराएको छ। उत्तर कोरियामा भने आजको दिनसम्म संक्रमित भएको देखिएको छैन। अस्ट्रेलियामा १०८ मा बढीको ज्यान गैसकेको छ। प्रधान मंत्रीले गाह्रोभएमा बिद्यार्थीहरु घरमा जानसक्छन् भनेर सन्देश दिएका छन्। यस्तै नेपालको छिमेकी देश भारतमा पनि ठूलो महामारी लिएको छ। भारतमा २१ दिन लकडतउन गरिएको छ। नेपाले नेपाली कामदारहरुलाई सीमापार गर्न दिइएको छैन। ४०।५० जनाको ग्रुप दिल्लीबाट पैदल यात्रागरी ६।७ दिन लगाएर दशगजा सीमामा आएर बसेको अवस्था छ। कोही महाकालीमा हेलिएका छन्। नेपाल सरकारले मानबियताको काम पनि गरेन। मानौ मानबता छैन। नेपालीहरु खुल्ला आकासमा सुतिरहेछन्। यता घर आउनलागेका रोइरहेछन् अर्कोतिर घर परिवार रोइरहेछन्। नेपाल सरकारले उनीहरुलाई ल्याएर क्यारेन्टाइनमा राख्नसक्नुपर्छ। नेपालमा लकडाउन छ। ठीक छ डब्लु एच ओको निर्देशन पनि पालनागर्नुपर्छ। पहिले तयारी भएन। भारतबाट लसलस हूल आएर नेपालको बिभिन्न भूभागमा गएर बसेको अवस्था छ। तिनीहरुको पहिचानगरेर करेन्टाइनमा राख्ने थालनी त भएको छ। तर सबैको पहिचानगरेर ल्याउने काम भएको छैन। सुदूर पश्चिम र मध्य पश्चिम तथा मदेशमा धेरैको समागम छ। यसले बिकराल अवस्था नल्याउला भन्न सकिदैन। यस ज्यानमारा भाइरस बिरुद्ध सजग र सतर्क हुनुपर्ने अवस्था छ। यसले ठूलो सानो कसैलाई भन्दैन। राजकुमार रमंत्रीहरु पनि संक्रमित भएको खबरहरु आइरहेको छ।
अहिलेको संबेदनशील अवस्थामा पनि नेपालमा थुनछेक छ। यसले नागकिलाई ठूलो असरपारेको छ। एकातिर बिद्रोहीले कार्यक्रम संचालनगर्ने अर्कोतिर सरकारले दमनगर्ने तरिकाले ज्यानमारा कोरेना भाइरस ओझेलमा पर्ने त होइन भन्ने आसंका छ नागरिकहरुमा। अब सबै एक जुटभएर कोभिड १९ लाई परास्तगर्नुको बिकल्प छैन। तर सरकारले घाउमा नूनचुक लगाइदिएको आभास हुन्छ। यस्तो बिकराल घडीमा पनि बिनाटेण्डर बिलबढाएर चिनबाट नक्कली सामान ल्याइएको छ। पछिबाट बिरोधका स्वरहरु आए पछि उक्त संझौता त रद्दगरिएको छ। तर जोगिने आशयले सेनालाई दिने कुरा भएको छ। किन जनताको सवालमा पन्छिन खोज्छ सरकार? यसको बारेका स्वास्थ्य मंत्रीले जनतालाई जबाफ दिनेमात्र होइन एक एक हिसाब दिनुपर्छ। चिनमा हेर्ने होभने राष्ट्र«पति सी जिंंग मानिसहरु छटपटाईरहेको ठाउँमा गएर अवलोकन गरेका थिए। चिनले तीनवटा बिमान र सयौंको संख्यामा डाक्टरहरु पठाएको छ। सहयोगको लागि चिनले रसियासँग संबाद गरेकोछ। जी २० को भिडियो सम्मेलनमा सी जिं पिंगले भाइरसको पीडित देशहरुलाई सहयोग गर्ने बचन दिएका छन्। नेपाललाई पनि आवश्यक चिजको सहयोगगर्ने आश्वासन दिएका छन्। यसै सन्दर्भामा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यस बिकराल अवस्थामा चिनको सहयोग आवश्यक छ भनेका छन्। यसरी बिश्वको ठूलो शक्ति भनेर अहंगर्ने अमेरिकाले चिनसंग सहयोगको अपेक्षा गरेको छ। यस अनुसार चिनले एक बिमान अमेरिकामा पठाईसकेको छ। शक्तिमान अमेरिकाले पनि हार स्वीकार गर्नु परेको यो पहिलो अवस्था हो। हुनपनि एउटा देशलाई अछुतो राख्ने हो भने यो महामारीको रुपमा बिश्वभरि फैलिन्छ। यसकारण संयुक्त राष्ट्रसंघले पनि बिश्वभर चलिरहेको लडाईको युद्ध बिरामगनुपर्छ भनेका छन्। नेपालमा पनि बिद्रोही शक्ति र सरकार मिलेर यस भाइरसलाई नियन्त्रणमा लिनुको बिकल्प छैन।
सरकारले समुचित तरिकाले राहत बितरण गर्नुपर्छ। आफ्नो गीत गाउनेलाई मात्र नभएर गरीब उत्पीडित, श्रमिक मजदूरलाई राहत बितरण गर्नुपर्छ। अझै ग्यासको अभाब छ। खाद्य टाृेल टोलमा लगेर बितरण गर्नु पर्छ। मेरो बिचारमा लकडाउन सकिएर पनि एक महिना जति सिनेमा हल र सभा सम्मेलनमा समाजिक दूरि कायम गर्नुपर्छ। औषधी नगरेर फिर्तागर्ने स्वस्थ्य संस्थाको लाइसेन्छ खारेज गर्नुपर्छ। तर पार्टीका ठूला नेताहरु धेरैजसो अस्पत्तालमा संलग्न रहेकाले यो काम कठीन छ। यसको लागि नागरिक समाज, मानब अधिकारकर्मी र पार्टीका नेताहरुको संयुक्त संयन्त्र बनाउनुपर्छ। यी सबै जनतासँग सरोकार राख्ने शर्त हुन। प्रेस स्वतन्त्रता सेनानी तथा मानब अधिकारकर्मीको हैसियतले भन्न करलाग्छ कि कोरेना भाइरसको लागि उठेको रकमको सही सदुपयोग हुने छ। नेपालमा यो छिटै नियन्त्रित हुने छ।

प्रतिक्रियाहरु

[anycomment]