‘लकडाउन’ बैशाख ३ गतेसम्म

२०७६ चैत्र २४ गते, सोमबार

काठमाडौं, २४ चैत । आज बसेको मन्त्रीपरिषद्को बैठकले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म कायम गर्ने निर्णय गरेको छ । चैत्र ११ गतेदेखि देशभर लकडाउन जारी छ । कोरोना संक्रमित नेपालमा ९ जना पुगेको छ ।
धनगढीमा दुबईबाट फर्किएका एक युवाको परिवारकी सदस्यमा समेत संक्रमण देखिएपछि सरकार कोभिड १९ को स्थानीय संक्रमण भएको भन्दै संक्रमणको दोस्रो चरण सुरु भएको बताएको छ ।
सीमा, अन्तराष्ट्रीय उडान र आन्तरिक आवतजावत बन्द गरेर भाइरसको संक्रमण फैलन नदिने नीति सरकारले लिएको हो । पछिल्लो समय संक्रमण देखिएको धनगढी र बाग्लुङ क्षेत्रमा सरकारले र्‍यापिड टेस्ट गर्ने पनि निर्णय गरिसकेको छ भने सुदूरपश्चिम प्रदेश सरकारले क्वारेन्टाइनको अवधि बढाएर २१ दिन पुर्‍याएको छ ।

प्रतिक्रियाहरु

[anycomment]