दश एसएसपी डीआईजीमा बढुवा

२०७६ चैत्र २९ गते, शनिबार

काठमाडौं, २९ चैत । गृहमन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले दश जनालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई नायव महानिरीक्षकमा बढुवा गरेको छ । बढुवा हुनेमा घनश्याम अर्याल पहिलो नम्बरमा बढुवा भएका छन् । दोस्रो र तेस्रोमा क्रमशः प्रकाशजंग कार्की र बसन्तकुमार पन्त बढुवा भएका छन् ।
ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसी बढुवा भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]