नेपालकाे राष्ट्रिय सार्वभाैमिकता माथि नाङ्गो हस्क्षेप – ओमप्रकाश पुन
पर्सा जिल्ला जगरनाथपुर गाउँ पालिकाका अध्यक्ष जालिम मियाँ मुखियालाई जाेडर भारतीय मिडियाले हिजो चैत्र २८ गतेदेखि लगातार सम्प्रेसित समाचारले सिङ्गो नेपाली जगतलाई तरंगित पारेको छ । भारती सिमा सुरक्षाबल (SSB) काे रिपोर्टकाे हवाला दिएर जालिम मियाँ मुखियाले नेपालबाट ४०/५० जना काेराेना संक्रमित मुस्लिमहरुलाई भारत पठाएर सिङ्गो भारतलाई काेराेना प्रभावित गर्न खाेजेकाे आराेप लगाइएको छ । याे दुई देश बिचकाे मैत्री तथा कुटनैतिक क्षेत्रमा निकै ठुलो र अत्यन्त गम्भीर सवाल हाे । याे बिषयमा नेपाल पक्षले पनि यथासिघ्र छानबिन गर्नु पर्छ र आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ । यदि याे कुरा पुष्टि भएन भने भारतीय पक्षद्वारा नेपालकाे राष्ट्रिय सार्वभाैमिकता माथि गरेको नाङ्गो हस्क्षेप साबित हुनेछ । जालिम मिया मुखिया नेपाली नागरिक मात्रै नभएर उनी स्थानीय जनप्रतिनिधि र सरकारी डबल नेकपाका नेता पनि हुन् । उनले ४०/५० जना काेराेना संक्रमित मात्रै हैन करिब दुई सय जति पाकिस्तानबाट आएका भारतीय मुस्लिमलाई एउटा मस्जिदमा राखेर अबैध तरिकाले भारत पठाउन लागेकाे आराेप लगाइएको छ । भारतीय न्युज च्यानल जि न्युज लगाएतका मिडियाले यसलाई निकै जाेडताेडका साथ समाचार प्रसारित गरिरहेका छन् । यश पहिला पनि जब चाइनामा मात्रै काेराेना देखापरेको थियोे त्यतिबेला पनि भारतीय मिडिया जि न्युजकाे DNA अर्थात डेली न्युज एनालाइसिसमा अब चिनसंग सामाजिक दुरी मात्रै हैन कि बिश्वले आर्थिक दुरी पनि कायम राख्नु पर्छ र चिनमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरु निकालेर भारत, मलेसिया, कतार , इण्डाेनेसिया लगाएतका देशमा ल्याउनपर्छ भन्ने समाचार प्रसारण गरिएको थियोे । यसमा सन्दर्भ श्राेतकाे रुपमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिंजाे आबेकाे बिचारलाई लिइएको थियो जाे देश अहिले आफै काेराेनाकाे उच्च जाेखिममा छन् र उल्टै तिनलाई चाइनाले सहयोग गरिरहेको छ । याे भनेको समाजवादी मुलुक प्रतिकाे साम्राज्यवादी हमला थियोे । अहिले जालिम मिया अन्सारी(मुखिया) काे नाममा भारतीय पक्षले गरेको मिडिया प्रचार पनि नेपालकाे सार्वभौमसत्ता माथिको भारतीय साम्राज्यवादी हमला हाे । जसलाई अझ थप स्पस्ट निम्न बुदाहरुमा गर्न सकिन्छ ।
१) नेपालमा हालसम्म देखापरेका ९ जना काेराेना संक्रमित भनेका भारत र अन्य देशबाट आएका मात्रै छन् । नेपाल अहिलेसम्म पनि काेराेनाकाे उच्च जाेखिममा छैन । बरु भारतमा अहिले मर्नेको संख्या ३ सय बढी र संक्रमितको संख्या ८ हजार बढी भएकोले खतरा नेपालबाट भारतलाई हैन कि भारतबाट खतरा नेपाललाई छ । फेरि जालिम मुखियाले पठाउन लागेका भनिएका संक्रमित पनि भारत प्रबेश नगरेको र सिटामाेल खाएर नेपालकै मस्जिदमा रहेको भन्ने भारतीय मिडिया कै समाचारले पनि यसको आफै खण्डन गर्छ । याे भ्रामक प्राेक्सि वार हाे ।
२) जालिम मुखियालाई काेराेना फैलाउने उद्योग गरेको भनिएता पनि त्यसमा भारतीय मिडियाले उनलाई अबैध हतियार, लागुआैषध र जाली नाेटकाे काराेवार गर्ने अपराधी भनेकाले याे काेराेना भन्दा पनि अन्य उद्देश्यले अभिप्रेरित न्युज जस्तो देखिन्छ । यदि यसाे हाे भने याे नेपाली र भारतीय लगाएत सिंगो मुस्लिम समुदाय माथिको भारतीय हस्तक्षेप हाे । यदि त्यसाे नभए आफ्नै देशका भनिएका मस्लिमलाई भारत पठाउदा किन यत्राे आपत्ति ? नेपालमा पनि यदि काेहि समुदाय भारतबाट असुरक्षित छ भने त्यो मुस्लिम समुदाय नै हाे । नेपालका मुस्लिम अगुवाहरुकाे हत्या लगातार भारतीय पक्षले गर्दै आएकाे इतिहास साँक्षी छ
३) काेराेनाकाे महामारीको कारण भारत र नेपाल दुबै देशमा लकडाउन गरिएको छ । यसलाई थप बलियो बनाउन नेपाल पक्षले सिमानामा व्यापक शसस्त्र प्रहरी परिचालन गरेको छ । काेराेना प्रभाव र सुरक्षा संवेदनशीलताका कारण नेपालबाट भारत हैन बरु भारतबाट नेपाल आउने मानिसको संख्या धेरै छ र नेपाली मात्रै नभएर भारतीय नागरिक पनि नातागोता काे संरक्षणमा नेपाल आइरहेको समाचार संप्रेशन भैरहेका छन् । त्यसकारण भारतीय मिडियाको याे समाचार भ्रामक र राजनीतिक अभिप्रेरित छ । याे भारतीय सत्ताधारी बर्गकाे असक्षमतालाई ढाकछोप गर्न ल्याइएको गलत खफावह सिवाय केही हाेइन । यस्ता गलत लालछनाले नेपाललाई हैन भारतलाई नै नाेक्सानी गर्छ र सबैभन्दा झुठो बाेल्ने भनेका भारतीयहरु नै हुन् भन्ने विश्व मान्यतालाई पुष्टि गर्छ ।
४) अमेरिकी साम्राज्यवादका नाइके डाेनाल्ड ट्रम्प र भारतीय साम्राज्यवादका नाइके नरेन्द्र माेदी दुबै नश्लवादी शासक हुन् । डाेनाल्ड ट्रम्पकाे प्रथम अमेरिका भनेको क्रिस्चियन धर्म, गाेराे जाती, अङ्ग्रेजी भाषा र अमेरिकी पुजिवादकाे सर्वाेच्चता भनेको हाे भने नरेन्द्र माेदीकाे मेकिङ भारत वा महान भारत भनेको हिन्दु धर्म, आर्यसमुदाय, भारतीय संस्कृति र भारतीय पुजिवादकाे सर्वाेच्चता भनेको हाे । यी दुबै शासकहरु अल्पविकसित देश, श्रमजीवी जनता र मुस्लिम समुदायका दुश्मन हुन् । अहिले काेराेनाले अमेरिकाको बाइबलिय पुजिवाद र भारतको हिन्दुवादी पुजिवादलाई असफल पारिदिएकाे छ । यसै असफलताको आवरणमा आएकोे हाे नेपालबाट भारतमा काेराेना प्रवेशको चीत्कार । यसलाई पुजीवादी राजनीतिक चरित्रका रुपमा लिनुपर्छ ।
५) सारमा भन्ने हाे भने याे भारतीय पक्षद्वारा नेपालको सार्वभाैमिकता र मुस्लिम समुदाय माथिको नाङ्गो हस्तक्षेप हाे । सरकारी नेकपाका दाेश्राे अध्यक्ष पुष्पकमल दाहालले काेराेनाका बिरुद्ध भारतसंग मिलेर लड्ने अभिव्यक्ति दिए संगसंगै याे सवाल भारतीय मिडियामा उठेको छ । बिषय उठानका पात्र पनि स्वयं सरकारी पार्टीकै जनप्रतिनिधि भएकोले यसमा संबंधित पक्ष गम्भीर भएर छानबिन गराेस र आधिकारिक धारणा सार्वजनिक गराेस । दाेषी भए कार्वाही गराेस । हैनभने सरकार र सरकारी पार्टी पनि त्यसको मतियार साबित हुनेछ । तर नेपाली जनताले भने राष्ट्रिय सार्वभाैमिकता माथिको हस्तक्षेपका बिरुद्ध संघर्ष जारी राख्ने छन् ।