भारतमा समुद्री आँधीको बितण्डा
काठमाडौं, २७ असोज – भारतमा सन् १९९९ पछिकै सबैभन्दा ठूलो समुद्री आँधीले महाविनास गरेको छ । गएराती स्थानिय समय अनुसार करिब ९ बजेर १५ मिनेट जाँदा ओरिसा राज्यको गोपालपुरको समुद्र तटमा सबैभन्दा पहिले आएको सो आँधीले ५ लाखभन्दा बढी मानिसलाई अहिले घरबारबिहीन बनाएको छ । करिब २०० किलोमिटर प्रति घण्टाको रफ्तारमा आएको फाइलिन आँधीको अहिले गति केही कम भएको छ तर त्यसले आफ्नो पछाडि ठूलो विनास गरेको छ । यो समाचार तयार पार्दासम्म ७ जनाको मृत्यु भएको खबर आएको छ । भारतमा आएको आँधीको असर नेपालमा पनि देखिएको छ । शनिबारपछि एक्कासी मौसम धुम्मिएको छ भने देशको पूर्वी भागहरुमा पानी पनि परिरहेको बताइएको छ ।