बहराइनमा थप २७ जना नेपालीमा कोरोना संक्रमण
काठमाडौँ , ६ वैशाख । बहराइनस्थित नेपाली दूतावसले बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको जनाएको छ । यससँगै बहराइनमा कोभिड–१९ बाट संक्रमितको संख्या ४९ पुुगेको छ । दूतावसका अनुसार थप २७ जनामा संक्रमण देखिएको हो । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । ती मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।