नेपाल भारत सीमामा तारबार लगाउन माग

२०७७ बैशाख ७ गते, आईतवार

काठमाडौँ, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले भारततर्फको खुला सीमा नाका बन्द गरेर तारबार लगाउन माग गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव किरणले शनिबार पार्टी स्थायी समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै महासचिब बैद्यले भारततर्फको खुला सीमाबाट कोरोना भित्रिन सक्ने चिन्ता प्रकट गर्दै भारततर्फको खुला सीमा नाकामा तारबार लगाउन माग गरेका हुन्। लकडाउनपछि भारतको धार्चुला लगायतका सीमा, काठमाण्डौ उपत्यका र देशका विभिन्न जिल्लामा नेपाली नागरिकहरू अलपत्र परेको उल्लेख गर्दै बिज्ञप्तिमार्फत क्रान्तिकारी माओवादीले लकडाउनपछि गन्तव्यमा पुग्न नसकी अलपत्र भएका नागरिकको उद्धार गर्न पनि माग गरेको छ । त्यति मात्र हैन क्रान्तिकारी माओबादीले यसरी उद्धार गरिएकाहरूबाट कोरोना फैलन खतरा भएकाले तिनलाई आवश्यकता अनुसार क्वारेन्टाइन तथा आइसोलेसनमा राख्नुपर्ने सुझाब दिएको छ ।
कोरोनाको फैलिरहेका बेला पिडित जनताको सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई सुरक्षात्मक सामग्रीसँगै बिमालगायतका सुविधा उपलब्ध गराउन पनि क्रान्तिकारी माओवादीले सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार बसेको क्रान्तिकारी माओवादीको बैठकले उपचार नगर्ने स्वास्थ्य संस्थालाई कारबाहीदेखि कोरोनाको विश्वसनीय परीक्षणसम्मका १५ बुँदे निर्णय गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]